चलचित्र ‘चिरञ्जीवी भवः’ को पोस्टर सार्वजनिक, माघ १ गते प्रदर्शन हुने

१५ कार्तिक, २०८३
सारांश
  • हरिवंश आचार्य अभिनीत चलचित्र ‘चिरञ्जीवी भवः’ को दुईवटा पोस्टर सार्वजनिक गरिएको छ ।

काठमाडौं : हरिवंश आचार्य अभिनीत चलचित्र ‘चिरञ्जीवी भवः’ को दुईवटा पोस्टर सार्वजनिक गरिएको छ ।

 

सार्वजनिक पोस्टरमा हरिवंश आचार्य, आशीर्वाद क्षेत्री र प्रशंसा रायमाझीलाई प्रस्तुत गरिएको छ ।

 

एउटा पोस्टरमा हरिवंश गम्भीर मुद्रामा देखिएका छन् भने आशीर्वाद र प्रशंसा खुसी मुद्रामा छन् । अर्को पोस्टरमा हरिवंशले आशीर्वादलाई आशीर्वाद दिइरहेको दृश्य छ । चलचित्रमा हरिवंश ‘चिरञ्जीवी बाजे’को भूमिकामा देखिनेछन् ।

 

दीपकप्रसाद आचार्य ‘काकु’को निर्देशनमा बनेको चलचित्रले दुई पुस्ताबीचको सम्बन्ध र वैचारिक भिन्नताको कथा प्रस्तुत गर्नेछ। चलचित्रमा करिश्मा मानन्धर, कमलमणि नेपाल, अभय बराल, कुमार कट्टेललगायत कलाकारको पनि अभिनय रहेको छ ।

 

कुमार कट्टेलको कथामा निर्माण भएको चलचित्रको लेखन सविन अधिकारी र वसन्त न्यौपानेले गरेका हुन् । जिग्री इन्टरटेनमेन्ट र प्रिमियर प्रोडक्सनको प्रस्तुतिमा बनेको चलचित्र आगामी माघ १ गतेदेखि देशभर प्रदर्शनमा आउनेछ ।

 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

न्यायालय विवादमा पहिला अनुसन्धान की सिधै महाभियोग !

बिचौलिया इनम सापकोटा र सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाँलबीच विचाराधीन मुद्दाका विषयमा ह्वाट्सएपमार्फत कुराकानी भएको विवरण सार्वजनिक भएपछि विवाद थप चर्किएको हो ।

थप समाचार