- शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा बस्ती प्रवेश गरी जनधन तथा बालीनालीमा क्षति पुर्याउँदै आएका जंगली हात्तीको निगरानीका लागि रेडियो कलर जडान गर्ने प्रक्रिया अघि बढाइएको छ ।
कञ्चनपुर : शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा बस्ती प्रवेश गरी जनधन तथा बालीनालीमा क्षति पुर्याउँदै आएका जंगली हात्तीको निगरानीका लागि रेडियो कलर जडान गर्ने प्रक्रिया अघि बढाइएको छ ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालयलाई हात्तीमा रेडियो कलर जडानको काम अघि बढाउन निर्देशन दिएको हो। हात्तीको आवागमनसम्बन्धी सूचना संकलन गरी मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्ने उद्देश्यले यो प्रक्रिया अघि बढाइएको विभागले जनाएको छ ।
कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीले रेडियो कलरबाट प्राप्त तथ्याङ्कको नियमित अनुगमन र विश्लेषण गरी हात्तीको आवागमन तथा बस्तीमा प्रवेश गर्न सक्ने सम्भावित जोखिमको पूर्वानुमान गर्न सकिने बताएकी छन् । यसबाट स्थानीय समुदायलाई समयमै सचेत गराउन तथा मानवीय क्षति, बालीनाली र भौतिक सम्पत्तिमा हुने नोक्सानी कम गर्न सहयोग पुग्ने उनको भनाइ छ ।
रेडियो कलर जडान गर्दा निकुञ्जका वरिष्ठ संरक्षण अधिकृतको प्रत्यक्ष निगरानीमा पशु चिकित्सकसहितको प्राविधिक टोली परिचालन गरिनेछ । हात्तीको सुरक्षालाई प्राथमिकता दिँदै वैज्ञानिक विधिबाट रेडियो कलर जडान गर्नुका साथै त्यसपछि नियमित अनुगमनसमेत गरिनेछ ।
रेडियो कलरबाट प्राप्त सूचनाका आधारमा हात्तीको आवागमन र सम्भावित जोखिमबारे समयमै जानकारी प्राप्त हुने भएकाले मानव–हात्ती द्वन्द्व न्यूनीकरणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
रेडियो कलर वन्यजन्तुको घाँटीमा सुरक्षित तरिकाले बाँधिने विशेष उपकरण हो । यसमा जडित प्रविधिको सहायताले वन्यजन्तुको भौगोलिक अवस्थिति र आवागमनको विवरण प्राप्त गर्न सकिन्छ । यसबाट हात्ती कुन क्षेत्रमा छन्, कुन दिशातर्फ गइरहेका छन् र उनीहरूको आवागमनको नियमित मार्ग कुन हो भन्ने जानकारी पाउन सकिन्छ ।
रेडियो कलरबाट प्राप्त विवरणको विश्लेषण गरी हात्तीको बासस्थान, विचरण क्षेत्र, आवागमनको समय र बस्ती आसपासको गतिविधि पहिचान गर्न सकिन्छ । विशेषगरी हात्ती नियमित रूपमा बस्ती प्रवेश गर्ने मार्ग तथा जोखिमयुक्त क्षेत्र पहिल्याउन यसले सहयोग पुर्याउँछ । प्राप्त सूचनाका आधारमा सम्भावित जोखिमबारे स्थानीय बासिन्दालाई समयमै जानकारी गराउन र आवश्यक सतर्कता अपनाउन सकिन्छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
आजदेखि नागढुङ्गा सुरुङमार्गमा सडक दस्तुर लागू, सवारीसाधनअनुसार शुल्क निर्धारण
-
जर्मनीमा महँगीविरुद्धको प्रदर्शन हिंसात्मक, पसलमा लुटपाट
-
डोल्पामा हिमपातमा फसेका ६ भारतीय पर्यटकको हेलिकोप्टरबाट उद्धार गरिँदै
-
बाँकेको अम्बे स्टिलमा आगलागी: घाइते आठ मध्ये दुई जनालाई लखनउ लगियो
-
शुक्लाफाँटामा जंगली हात्तीलाई रेडियो कलर लगाइने
धेरै पढिएको
विशेष
न्यायालय विवादमा पहिला अनुसन्धान की सिधै महाभियोग !
बिचौलिया इनम सापकोटा र सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाँलबीच विचाराधीन मुद्दाका विषयमा ह्वाट्सएपमार्फत कुराकानी भएको विवरण सार्वजनिक भएपछि विवाद थप चर्किएको हो ।