- बलिउड अभिनेता शाहरुख खानको आगामी फिल्म ‘किङ’ को विदेश प्रदर्शन अधिकार १७५ करोड भारतीय रुपैयाँमा बिक्री भएको छ ।
काठमाडौं : बलिउड अभिनेता शाहरुख खानको आगामी फिल्म ‘किङ’ को विदेश प्रदर्शन अधिकार १७५ करोड भारतीय रुपैयाँमा बिक्री भएको छ ।
भारतीय सञ्चारमाध्यम पिंकभिल्लाका अनुसार फार्स फिल्म्सले उक्त अधिकार खरिद गरेको हो । यसलाई भारतीय चलचित्र इतिहासकै सबैभन्दा ठूलो विदेशी प्रदर्शन अधिकार सम्झौता बताइएको छ ।
सम्झौताअनुसार फिल्मले लगानी उठाउन अन्तर्राष्ट्रिय बजारमा मात्रै ३५० देखि ३७५ करोड भारतीय रुपैयाँ कमाउनुपर्नेछ । यसअघि कुनै पनि भारतीय फिल्मको विदेश प्रदर्शन अधिकार १०० करोड रुपैयाँसम्म पुगेको थिएन ।
सिद्धार्थ आनन्दको निर्देशनमा निर्माण भइरहेको फिल्ममा शाहरुखसँगै दीपिका पादुकोण, रानी मुखर्जी, अभिषेक बच्चन, सुहाना खान, अनिल कपुर र अरशद वारसीको अभिनय रहनेछ। यस फिल्मबाट सुहाना खानले ठूलो पर्दामा पदार्पण गर्नेछिन्।
फिल्म आगामी क्रिसमसमा प्रदर्शन गर्ने तयारी छ । शाहरुख यसमा नयाँ अवतारमा देखिनेछन् भने अभिषेक बच्चन खलनायकको भूमिकामा रहने बताइएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
न्यायालय विवादमा पहिला अनुसन्धान की सिधै महाभियोग !
बिचौलिया इनम सापकोटा र सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाँलबीच विचाराधीन मुद्दाका विषयमा ह्वाट्सएपमार्फत कुराकानी भएको विवरण सार्वजनिक भएपछि विवाद थप चर्किएको हो ।