गगन थापाले आज विशेष सम्बोधन गर्दै

१५ कार्तिक, २०८३
सारांश
  • नेपाली कांग्रेसका सभापति गगन थापाले आज विशेष सम्बोधन गर्ने तयारी गरेका छन् ।

काठमाण्डौ, १५ कार्त्तिक । नेपाली कांग्रेसका सभापति गगन थापाले आज विशेष सम्बोधन गर्ने तयारी गरेका छन् । समसामयिक राजनीतिक परिस्थिति र पार्टीको आगामी कार्यदिशाबारे विशेष सम्बोधन गर्ने भएका हुन् ।

 

१५औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिले पदबहाली गरेको केही दिनपछि थापाले आज दिउँसो २ बजे ललितपुरको सानेपास्थित केन्द्रीय कार्यालयबाट सम्बोधन गर्ने जानकारी दिइएको छ ।

 

थापाले पार्टीभित्र १५औँ महाधिवेशन सम्पन्न भएपछिको पछिल्लो सांगठनिक अवस्था, केन्द्रीय कार्यसमितिको तत्कालीक कार्ययोजना तथा देशको विद्यमान आर्थिक र राजनीतिक परिवेशमा कांग्रेसको भूमिकाबारे आफ्नो दृष्टिकोण सार्बजनिक गर्ने बताइएको छ ।

 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

न्यायालय विवादमा पहिला अनुसन्धान की सिधै महाभियोग !

बिचौलिया इनम सापकोटा र सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाँलबीच विचाराधीन मुद्दाका विषयमा ह्वाट्सएपमार्फत कुराकानी भएको विवरण सार्वजनिक भएपछि विवाद थप चर्किएको हो ।

थप समाचार