- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफुहरुविरुद्धको घेराबन्दी जारी रहेको बताएका छन् ।
काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफुहरुविरुद्धको घेराबन्दी जारी रहेको बताएका छन् ।
पार्टी कार्यालयमा आयोजित सपथग्रहण कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले आफुहरुविरुद्धको घेराबन्दी अहिले पनि नरोकिएको बताउदै पार्टी एक भएर यसको सामना गर्नुपर्ने बताएका थिए ।
ओलीले सम्बोधनमा समाजवादको आन्दोलनलाई सिध्याउँछु भन्नेहरू मुर्ख भएको टिप्पणी गर्दै देश र जनताका लागि मात्र नभएर समाजमा न्याय, शान्ति र लोकतन्त्रका लागि समाजवाद आन्दोलन आवश्यक रहेको बताए ।
उनले आगो लगाउनु र लुटपाट गर्नु आन्दोलन नभएको बताउदै संगठित शक्तिले प्रतिवादका माध्यमबाट गर्ने आन्दोलन आफुहरुले गर्ने भनेको स्पष्ट गरेका थिए ।
ओलीले अहिले लोकतन्त्रलाई नै खतरा पुर्याउने काम भइरहेको आरोप लगाउदै त्यसको बचाउका लागि आफूहरूले आन्दोलनसम्म गर्न सक्ने धारणा राखे ।
उनले भने- 'हामीमाथि अहिले पनि घेराबन्दी चलिरहेको छ। ७७, ७८ र ८० सालमा हामीमाथि कम्तीको घेराबन्दी थिएन ।
हाम्रा नेताहरूलाई त्यसबेला तितरबितर पारियो। हामीले पार्टीलाई फेरि पुनर्गठन गर्यौं । अहिले त्यस्तै हाम्राविरुद्ध मोर्चाबन्दी भइरहेको छ ।'
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’