कांग्रेसको खुला केन्द्रीय सदस्यको मतगणना मंगलबार बिहान ८ बजेदेखि
२६ असोज, २०८३
- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमिति सदस्यको निर्वाचनमा भएको मतदानको मतगणना मंगलबार बिहान ८ बजेदेखि सुरु हुने भएको छ ।
काठमाडौँ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमिति सदस्यको निर्वाचनमा भएको मतदानको मतगणना मंगलबार बिहान ८ बजेदेखि सुरु हुने भएको छ ।
कांग्रेस केन्द्रीय निर्वाचन समितिले असोज २३ गते बेलुका ९ बजेदेखि सुरु भएको मतदानअन्तर्गत केन्द्रीय सदस्य (प्रत्यक्ष, खुला) तर्फको मतगणना असोज २७ गते बिहान ८ बजेदेखि ललितपुरको बीपी स्मृति भवन, बीपी नगरमा सुरु हुने जनाएको छ ।
साथै, केन्द्रीय सदस्यका उम्मेदवारका हकमा उम्मेदवार स्वयं बाहेक अन्य प्रतिनिधिको व्यवस्था नभएको पनि उल्लेख गरिएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’