दिल्ली पुगे गृहमन्त्री सुधन गुरुङ

२६ असोज, २०८३
सारांश
  • गृहमन्त्री सुधन गुरुङ बिम्स्टेकका सदस्य राष्ट्रका गृहमन्त्रीहरूको पहिलो बैठकमा सहभागी हुन भारतको नयाँदिल्ली पुगेका छन् ।

काठमाडौं । गृहमन्त्री सुधन गुरुङ बिम्स्टेकका सदस्य राष्ट्रका गृहमन्त्रीहरूको पहिलो बैठकमा सहभागी हुन भारतको नयाँदिल्ली पुगेका छन् ।

 

गृहमन्त्री गुरुङलाई नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतका लागि नेपाली दूतावासका कार्यवाहक राजदूत डा. सुरेन्द्र थापा, दूतावासका अधिकारी तथा भारत सरकारका प्रतिनिधिहरूले स्वागत गरेका थिए ।

 

गुरुङ मंगलबार हुने बिम्स्टेकका गृहमन्त्रीहरूको पहिलो बैठकमा सहभागी हुन नयाँदिल्ली पुगेका हुन् । 

 

‘सुरक्षामा आधारित, समृद्धितर्फको यात्रा’ भन्ने नारासहित आयोजना हुने बैठकमा उनी सहभागी हुने कार्यक्रम छ ।

 

गृहमन्त्री गुरुङ बुधबार नेपाल फर्कने कार्यक्रम रहेको छ ।

 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

बालेन सरकारको ६ महिना: भारत, चीन र अमेरिकासँगको सम्बन्धमा ‘रिसेट’ कि अन्योल?

बालेन सरकारको छ महिनामा भारत, चीन र अमेरिकासँग प्रारम्भिक दूरीबाट व्यावहारिक संलग्नतातर्फ केही परिवर्तन देखिएको विश्लेषण कार्यक्रममा प्रस्तुत भयो। अबको चुनौती भनेको अन्तर्राष्ट्रिय दृश्यता र कूटनीतिक सम्पर्कलाई विद्युत् व्यापार, लगानी, प्रविधि, रोजगारी र आर्थिक अवसरमा कसरी रूपान्तरण गर्ने भन्ने देखिन्छ।

थप समाचार