चाडपर्व लक्षित सुरक्षा योजना लागू, २८ हजारभन्दा बढी सशस्त्र प्रहरी परिचालन

२२ असोज, २०८३
सारांश
  • सशस्त्र प्रहरी बल, नेपालले दशैँ, तिहार र छठलगायत चाडपर्वलाई लक्षित गर्दै विशेष सुरक्षा योजना लागू गरेको छ ।


काठमाडौं : सशस्त्र प्रहरी बल, नेपालले दशैँ, तिहार र छठलगायत चाडपर्वलाई लक्षित गर्दै विशेष सुरक्षा योजना लागू गरेको छ ।

 

योजनाअन्तर्गत २८ हजार १ सय २६ जनशक्ति परिचालन गरिएको छ भने थप ४ हजार ५ सय जनशक्ति तत्काल परिचालन गर्न सकिने गरी तयारी अवस्थामा राखिएको छ।

 

सीमा सुरक्षा, नागरिक तथा महत्वपूर्ण संरचनाको सुरक्षा, अपराध नियन्त्रण र विपद् उद्धारलाई प्राथमिकता दिँदै देशभर सुरक्षा तैनाथी बढाइएको सशस्त्र प्रहरीले जनाएको छ । चाडपर्वका लागि १ सय ४१ नागरिक सहायता कक्ष, १६ स्वास्थ्य कक्ष र १३ पर्यटक सहायता कक्ष सञ्चालनमा ल्याइएको छ। सीमा सुरक्षाका लागि संयुक्त गस्तीसमेत सञ्चालन भइरहेको छ ।

 

मुख्य राजमार्गमा दुर्घटना तथा विपद्का घटनामा तत्काल उद्धारका लागि ३७ स्थानमा एम्बुलेन्ससहितका आकस्मिक उद्धार टोली परिचालन गरिएको छ। ठूलो दुर्घटनामा एकैपटक धेरै घाइतेको उद्धार गर्न सकिने गरी १६ स्थानमा विशेष उद्धार सवारीसाधनसमेत तैनाथ गरिएको छ।

 

सशस्त्र प्रहरीले दैनिक ४ सय १५ पिकेट, ४ सय १८ चेक प्वाइन्ट, ६ सय १ पैदल गस्ती, ५ सय ५५ मोबाइल गस्ती र १ सय ४६ द्रुत प्रतिक्रिया टोली परिचालन गर्ने जनाएको छ। सीमा क्षेत्रमा ५ सय ४ पिकेट र ४२ सीमा गस्तीसमेत सञ्चालन हुनेछन् । सुरक्षा निगरानीका लागि २१ वटा ड्रोन र ४ सय १२ सीसीटिभी क्यामेरा प्रयोग गरिनेछ। विपद् उद्धारका लागि देशभर ५५ अस्थायी र १६ स्थायी विपद् उद्धार केन्द्रमा दक्ष जनशक्ति तथा आवश्यक सामग्री तयारी अवस्थामा राखिएको छ ।

 

सशस्त्र प्रहरीका अनुसार आपत्कालीन सहयोगका लागि टोल फ्री नम्बर १११४ र सीमा हटलाइन ९८५१२६०७३० मा सम्पर्क गर्न सकिनेछ ।

 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

परराष्ट्रमन्त्री खनालको न्युयोर्क भ्रमण: ८० भन्दा बढी बैठक, कूटनीतिक विस्तार र जलवायु न्यायको एजेन्डा

परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघ महासभाको ८१औं अधिवेशनका क्रममा न्युयोर्कमा सेप्टेम्बर २० देखि ३० सम्म व्यस्त कूटनीतिक गतिविधि सम्पन्न गरे ।

थप समाचार