सौरभ राज पन्तको टिप्पणी : प्रधानमन्त्री बालेनको भारत भ्रमणका क्रममा नेपाल-भारतबीच ‘३+३ उच्चस्तरीय रणनीतिक संवाद’ स्थापना गरौँ ।

५ मार्ग, २०८३
सारांश
  • पन्तले नेपाल र भारतबीच राजनीतिक, कूटनीतिक, आर्थिक तथा रणनीतिक विषयमा नियमित संवाद र उच्चस्तरीय समन्वय आवश्यक रहेको उल्लेख गर्दै प्रत्येक वर्ष कम्तीमा एकपटक दुवै देशका शीर्ष नेतृत्वबीच औपचारिक बैठक गर्ने व्यवस्था गर्नुपर्ने बताएका छन्।

काठमाडौं : ‘एआईको युगमा नेपाल अभियान’का संयोजक तथा भू–राजनीतिक विश्लेषक सौरभ राज पन्तले नेपाल-भारत सम्बन्धलाई थप संस्थागत, प्रभावकारी र परिणाममुखी बनाउन दुवै देशका प्रधानमन्त्री, परराष्ट्रमन्त्री र अर्थमन्त्री सहभागी हुने वार्षिक ‘नेपाल–भारत ३+३ उच्चस्तरीय रणनीतिक संवाद’ स्थापना गर्नुपर्ने प्रस्ताव अघि सारेका छन्।

 

पन्तले नेपाल र भारतबीच राजनीतिक, कूटनीतिक, आर्थिक तथा रणनीतिक विषयमा नियमित संवाद र उच्चस्तरीय समन्वय आवश्यक रहेको उल्लेख गर्दै प्रत्येक वर्ष कम्तीमा एकपटक दुवै देशका शीर्ष नेतृत्वबीच औपचारिक बैठक गर्ने व्यवस्था गर्नुपर्ने बताएका छन्।

 

प्रस्तावित संयन्त्रमा नेपालका प्रधानमन्त्री, परराष्ट्रमन्त्री र अर्थमन्त्री तथा भारतका प्रधानमन्त्री, विदेशमन्त्री र वित्तमन्त्री सहभागी हुनेछन्। बैठक नेपाल र भारतमा पालैपालो आयोजना गर्ने व्यवस्था मिलाउनुपर्ने उनको सुझाव छ।

 

पन्तका अनुसार नेपाल-भारतबीच व्यापार घाटा, पारवहन सुविधा, सीमा व्यवस्थापन, ऊर्जा व्यापार, जलस्रोत, पूर्वाधार विकास, लगानी प्रवर्द्धन, डिजिटल कनेक्टिभिटी, प्रविधि सहकार्य तथा आपूर्ति शृङ्खला सुरक्षाजस्ता महत्त्वपूर्ण विषयलाई एउटै उच्चस्तरीय राजनीतिक संयन्त्रमार्फत सम्बोधन गर्न सकिन्छ।

 

उनले नेपाल र भारतबीच हाल सञ्चालनमा रहेका ४० भन्दा बढी द्विपक्षीय संयन्त्र, समिति तथा संवाद संरचनालाई प्रस्तावित ३+३ संयन्त्रसँग संस्थागत रूपमा जोडेर एकीकृत र समन्वित ढङ्गले सञ्चालन गर्नुपर्ने धारणा राखेका छन्। विद्यमान संयन्त्रहरूबाट प्राप्त सुझाव, निर्णय र प्रगतिलाई ३+३ संवादमा प्रस्तुत गर्ने तथा आवश्यक नीतिगत निर्णय र कार्यान्वयनको अनुगमन गर्ने व्यवस्था मिलाउनुपर्ने उनको प्रस्ताव छ।

 

उनका अनुसार नेपाल-भारतबीच विभिन्न द्विपक्षीय संयन्त्र र सचिवस्तरीय बैठकहरू रहे पनि तिनका निर्णयलाई उच्च राजनीतिक नेतृत्वसँग जोड्ने तथा कार्यान्वयनको प्रभावकारी अनुगमन गर्ने स्थायी संरचनाको आवश्यकता छ।

 

प्रस्तावित ३+३ संवादले विद्यमान द्विपक्षीय संयन्त्रलाई प्रतिस्थापन नगरी तिनलाई थप प्रभावकारी बनाउने, दोहोरोपन हटाउने, नीतिगत अवरोध समाधान गर्ने र दुवै देशबीच दीर्घकालीन आर्थिक तथा रणनीतिक साझेदारी विकास गर्ने पन्तको धारणा छ।

 

उनले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा यस विषयलाई नेपालको प्राथमिक कूटनीतिक एजेन्डाका रूपमा उठाउनुपर्ने बताएका छन्। साथै, नेपाल सरकारले भारतीय पक्षसँग कूटनीतिक तहमा पहल र लबिङ गरी यस संयन्त्रलाई औपचारिक रूपमा स्थापना गर्नुपर्ने उनको सुझाव छ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

बालेन सरकारको ६ महिना: भारत, चीन र अमेरिकासँगको सम्बन्धमा ‘रिसेट’ कि अन्योल?

बालेन सरकारको छ महिनामा भारत, चीन र अमेरिकासँग प्रारम्भिक दूरीबाट व्यावहारिक संलग्नतातर्फ केही परिवर्तन देखिएको विश्लेषण कार्यक्रममा प्रस्तुत भयो। अबको चुनौती भनेको अन्तर्राष्ट्रिय दृश्यता र कूटनीतिक सम्पर्कलाई विद्युत् व्यापार, लगानी, प्रविधि, रोजगारी र आर्थिक अवसरमा कसरी रूपान्तरण गर्ने भन्ने देखिन्छ।

थप समाचार