कुटपिटपछि श्रीमतीको मृत्यु, श्रीमान् पक्राउ

२२ असोज, २०८३
सारांश
  • निजगढ नगरपालिका–१२ रामथलीका ५५ वर्षीय विजय मोक्तानले घरायसी विवादमा आफ्नी ४७ वर्षीया श्रीमती सुकुमाया मोक्तानलाई लहराको टुक्राले कुटपिट गरेको प्रहरीले जनाएको छ ।


बारा : निजगढ नगरपालिका–१२ रामथलीका ५५ वर्षीय विजय मोक्तानले घरायसी विवादमा आफ्नी ४७ वर्षीया श्रीमती सुकुमाया मोक्तानलाई लहराको टुक्राले कुटपिट गरेको प्रहरीले जनाएको छ ।

 

कुटपिटबाट सामान्य घाइते भएकी सुकुमायाको घरमै चिकित्सक बोलाएर उपचार गरिएको थियो । खाना खाएर सुतेकी उनलाई बिहान ४ बजे श्रीमान्ले उठाउन खोज्दा नउठेपछि परिवारले प्रहरीलाई खबर गरेको थियो ।

 

त्यसपछि प्रहरीले घटनास्थल पुगेर कानुनी प्रक्रिया पूरा गरी शव परीक्षणका लागि प्रादेशिक अस्पताल बारा पठाएको छ । घटनामा संलग्न विजयलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जनाएको छ।

 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

परराष्ट्रमन्त्री खनालको न्युयोर्क भ्रमण: ८० भन्दा बढी बैठक, कूटनीतिक विस्तार र जलवायु न्यायको एजेन्डा

परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघ महासभाको ८१औं अधिवेशनका क्रममा न्युयोर्कमा सेप्टेम्बर २० देखि ३० सम्म व्यस्त कूटनीतिक गतिविधि सम्पन्न गरे ।

थप समाचार