चाडपर्व लक्षित सुरक्षा योजना लागू: ५० हजारभन्दा बढी प्रहरी परिचालन
२२ असोज, २०८३
- नेपाल प्रहरीले बडादशैँ, तिहार, नेपाल संवत् र छठलगायत चाडपर्वलाई लक्षित गर्दै विशेष सुरक्षा योजना लागू गरेको छ ।
काठमाडौं : नेपाल प्रहरीले बडादशैँ, तिहार, नेपाल संवत् र छठलगायत चाडपर्वलाई लक्षित गर्दै विशेष सुरक्षा योजना लागू गरेको छ ।
चाडपर्वका समयमा हुन सक्ने चोरी, ठगी, लुटपाट, जुवातास, अनलाइन ठगी, सट्टेबाजी, नक्कली नोटको कारोबार तथा अवैध ओसारपसार नियन्त्रणका लागि देशभर ५० हजार ४५८ प्रहरी परिचालन गरिने प्रहरीले जनाएको छ ।
सुरक्षा योजनाअन्तर्गत काठमाडौं उपत्यकासहित सातै प्रदेशमा ४०८ वटा यात्रु सहायता कक्ष स्थापना गरिएको छ। यस्तै, अन्तर्राष्ट्रिय सीमा नाकाका १०८ स्थानमा सहायता कक्ष स्थापना गरी थप ७०५ प्रहरी परिचालन गरिएको छ । लामो दूरीका सवारीसाधनमा यात्रुको सुरक्षा तथा सडक सुरक्षालाई प्राथमिकता दिँदै चालकको अनुमतिपत्र, मादक तथा लागूपदार्थ सेवन, यात्रु क्षमता, दुई चालक भए–नभएको र सवारीको यान्त्रिक परीक्षणसमेत जाँच गरिने प्रहरीले जनाएको छ ।
प्रहरीले सुरक्षा निगरानीका लागि सिसीटिभी, शरीरमा लगाउने क्यामेरा, ड्रोन, तालिमप्राप्त कुकुर तथा सञ्चार प्रणालीको प्रयोग गर्ने जनाएको छ। मुख्य बजार, बैंक तथा वित्तीय संस्था, बसपार्क, विमानस्थल, धार्मिक तथा पर्यटकीय स्थल र सीमा नाकामा विशेष निगरानी गरिनेछ ।
प्रहरीले अनलाइन ठगीबाट जोगिन गोप्य संकेत, व्यक्तिगत परिचय संकेत तथा पासवर्ड कसैलाई नदिन, शंकास्पद विद्युतीय सम्पर्क तथा संकेतमा विश्वास नगर्न र अपरिचित व्यक्तिका सन्देश तथा मागप्रति सचेत रहन आग्रह गरेको छ ।
त्यस्तै, चाडपर्वमा घर छाडेर जाँदा झ्यालढोका, ग्यास र विद्युत् जाँच गर्न तथा घर खाली रहेको जानकारी सामाजिक सञ्जालमा सार्वजनिक नगर्न प्रहरीले अनुरोध गरेको छ । मादक पदार्थ सेवन गरी सवारी नचलाउन, ट्राफिक नियम पालना गर्न र कुनै शंकास्पद गतिविधि देखिए तत्काल प्रहरीलाई खबर गर्नसमेत आग्रह गरिएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
बालेन सरकारको ६ महिना: भारत, चीन र अमेरिकासँगको सम्बन्धमा ‘रिसेट’ कि अन्योल?
बालेन सरकारको छ महिनामा भारत, चीन र अमेरिकासँग प्रारम्भिक दूरीबाट व्यावहारिक संलग्नतातर्फ केही परिवर्तन देखिएको विश्लेषण कार्यक्रममा प्रस्तुत भयो। अबको चुनौती भनेको अन्तर्राष्ट्रिय दृश्यता र कूटनीतिक सम्पर्कलाई विद्युत् व्यापार, लगानी, प्रविधि, रोजगारी र आर्थिक अवसरमा कसरी रूपान्तरण गर्ने भन्ने देखिन्छ।