ऊर्जा क्षेत्रको परियोजना कार्यान्वयनका जटिलता पहिचान गर्न उच्चस्तरीय समिति गठन
२० असोज, २०८३
- समितिको संयोजकमा मन्त्रालयका ऊर्जा महाशाखाका सहसचिव सुनिल पौडेल तोकिएका छन् ।
काठमाडौं: ऊर्जा क्षेत्रको विकासका निम्ति नीतिगत सहजीकरण तथा परियोजना कार्यान्वयनमा उत्पन्न समस्या समाधानका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले निजी क्षेत्रको समेत सहभागितामा उच्चस्तरीय समिति गठन गरेको छ ।
समितिको संयोजकमा मन्त्रालयका ऊर्जा महाशाखाका सहसचिव सुनिल पौडेल तोकिएका छन् । समितिको सदस्यहरूमा मन्त्रालयको कानून तथा फैसला कार्यान्वयन महाशाखाका सहसचिव यज्ञ प्रसाद भट्टराई, विद्युत् विकास विभागका उपमहानिर्देशक र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठ रहेका छन् ।
त्यस्तै, स्वतन्त्र ऊर्जा उत्पादक संस्था नेपाल (इप्पान) बाट नरेन्द्र बल्लभ पन्त, अभिज्ञा मल्ल र अनुप आचार्य प्रतिनिधि रहेका छन् । साथै इन्जिनियर शिरिष पाण्डे सदस्य र मन्त्रालयको नवीकरणीय ऊर्जा तथा कार्बन व्यापार प्रवद्र्धन शाखाका सिनियर डिभिजनल इन्जिनियर शालिकराम भण्डारीलाई सदस्यसचिवको जिम्मेवारी दिइएको छ । समितिले ऊर्जा क्षेत्रका परियोजनामा देखिने नीतिगत, कानुनी तथा कार्यान्वयनसम्बन्धी जटिलता पहिचान गरी आवश्यक सहजीकरणका लागि सुझाव दिनेछ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
ऊर्जा क्षेत्रको परियोजना कार्यान्वयनका जटिलता पहिचान गर्न उच्चस्तरीय समिति गठन
-
सर्वोच्च अदालतमा चार न्यायाधीश सिफारिस
-
काँग्रेस उपसभापतिमा चन्द्र भण्डारीसहितको उम्मेदवारी दर्ता
-
रामेछापमा कमेरो माटो निकाल्ने क्रममा ढिस्को खस्दा एक जनाको मृत्यु
-
भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्सिस हाल्जेनलाई प्रदान
धेरै पढिएको
विशेष
बालेन सरकारको ६ महिना: भारत, चीन र अमेरिकासँगको सम्बन्धमा ‘रिसेट’ कि अन्योल?
बालेन सरकारको छ महिनामा भारत, चीन र अमेरिकासँग प्रारम्भिक दूरीबाट व्यावहारिक संलग्नतातर्फ केही परिवर्तन देखिएको विश्लेषण कार्यक्रममा प्रस्तुत भयो। अबको चुनौती भनेको अन्तर्राष्ट्रिय दृश्यता र कूटनीतिक सम्पर्कलाई विद्युत् व्यापार, लगानी, प्रविधि, रोजगारी र आर्थिक अवसरमा कसरी रूपान्तरण गर्ने भन्ने देखिन्छ।