रामेछापमा कमेरो माटो निकाल्ने क्रममा ढिस्को खस्दा एक जनाको मृत्यु

२० असोज, २०८३
सारांश
  • रामेछापको लिखुतामाकोशी गाउँपालिका–४ बिजुलीकोटमा कमेरो माटो निकाल्ने क्रममा ढिस्को खस्दा पुरिएर एक जनाको मृत्यु भएको छ

रामेछाप : रामेछापको लिखुतामाकोशी गाउँपालिका–४ बिजुलीकोटमा कमेरो माटो निकाल्ने क्रममा ढिस्को खस्दा पुरिएर एक जनाको मृत्यु भएको छ ।

 

मृत्यु हुनेमा लिखुतामाकोशी गाउँपालिका–४ का ३४ वर्षीय सोमबहादुर महत रहेका छन् । उनी असोज १९ गते दिउँसो करिब १२ बजे कमेरो माटो लिन भन्दै घरबाट निस्किएका थिए । दिउँसो ३ बजेसम्म घर नफर्किएपछि परिवारले उनको खोजी सुरु गरेको थियो ।

 

खोजीका क्रममा असोज २० गते दिउँसो करिब १२: ३० बजे घरदेखि करिब डेढ किलोमिटर उत्तरमा रहेको कमेरो माटो निकाल्ने स्थानमा ढिस्को पन्छाउँदा महतको शव फेला परेको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

बालेन सरकारको ६ महिना: भारत, चीन र अमेरिकासँगको सम्बन्धमा ‘रिसेट’ कि अन्योल?

बालेन सरकारको छ महिनामा भारत, चीन र अमेरिकासँग प्रारम्भिक दूरीबाट व्यावहारिक संलग्नतातर्फ केही परिवर्तन देखिएको विश्लेषण कार्यक्रममा प्रस्तुत भयो। अबको चुनौती भनेको अन्तर्राष्ट्रिय दृश्यता र कूटनीतिक सम्पर्कलाई विद्युत् व्यापार, लगानी, प्रविधि, रोजगारी र आर्थिक अवसरमा कसरी रूपान्तरण गर्ने भन्ने देखिन्छ।

थप समाचार