- केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि यसअघि मंगलबार दिउँसो ४ बजेसम्म मनोनयन पत्र दर्ता गर्ने समय तोकिएको थियो । निर्वाचन समितिले उक्त समय बढाएर साँझ ६ बजेसम्म पुर्याएको जनाएको छ ।
काठमाडौं । नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि उम्मेदवारको मनोनयन पत्र दर्ताको समय थप गरिएको छ ।
केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि यसअघि मंगलबार दिउँसो ४ बजेसम्म मनोनयन पत्र दर्ता गर्ने समय तोकिएको थियो । निर्वाचन समितिले उक्त समय बढाएर साँझ ६ बजेसम्म पुर्याएको जनाएको छ ।
महाधिवेशन केन्द्रीय निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालले सूचना जारी गर्दै तोकिएको समयभित्र मनोनयन पत्र दाखिल गर्न सम्पूर्ण केन्द्रीय महाधिवेशन प्रतिनिधि सदस्यलाई आग्रह गरेका छन् । काठमाडौंमा भइरहेको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि उम्मेदवारहरूले अब राष्ट्रिय सभा गृहमा पुगेर साँझ ६ बजेसम्म मनोनयन दर्ता गर्न सक्नेछन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
काँग्रेस उपसभापतिमा चन्द्र भण्डारीसहितको उम्मेदवारी दर्ता
-
रामेछापमा कमेरो माटो निकाल्ने क्रममा ढिस्को खस्दा एक जनाको मृत्यु
-
भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्सिस हाल्जेनलाई प्रदान
-
समावेशीतर्फको उपसभापति पदमा विनोद चौधरीको उम्मेदवारी दर्ता
-
दुर्गा प्रसाईंलाई दुई लाख धरौटीमा रिहा गर्न जिल्ला अदालतको आदेश
धेरै पढिएको
विशेष
बालेन सरकारको ६ महिना: भारत, चीन र अमेरिकासँगको सम्बन्धमा ‘रिसेट’ कि अन्योल?
बालेन सरकारको छ महिनामा भारत, चीन र अमेरिकासँग प्रारम्भिक दूरीबाट व्यावहारिक संलग्नतातर्फ केही परिवर्तन देखिएको विश्लेषण कार्यक्रममा प्रस्तुत भयो। अबको चुनौती भनेको अन्तर्राष्ट्रिय दृश्यता र कूटनीतिक सम्पर्कलाई विद्युत् व्यापार, लगानी, प्रविधि, रोजगारी र आर्थिक अवसरमा कसरी रूपान्तरण गर्ने भन्ने देखिन्छ।