असोज २३ गतेदेखि दशैँलक्षित बसको अग्रिम टिकट बुकिङ खुला हुने

२० असोज, २०८३
सारांश
  • त्यसैगरी लामो तथा मध्यम दूरीका बसमा रिजर्भमा जाने बसका लागि फूलपाती देखि पुर्णिमासम्मका लागि रुट परमिट खुला गरिएको छ ।

काठमाडौँ । दशैँलाई लक्षित गरी असोज २३ गतेदेखि बसको अग्रिम टिकट बुकिङ खुला हुने भएको छ ।

यातायात व्यवस्था विभागमा भएको यातायात व्यवसायीसहितको बैठकले असोज २३ गतेदेखि टिकट अग्रिम बुकिङ खोल्ने निर्णय गरेको हो ।

त्यसैगरी लामो तथा मध्यम दूरीका बसमा रिजर्भमा जाने बसका लागि फूलपाती देखि पुर्णिमासम्मका लागि रुट परमिट खुला गरिएको छ ।

त्यसैगरी यस अवधिमा ढुवानीका सवारी साधनमा फलफुल, औषधि खाद्यान्न, खसी बोकासहित आपतकालीन बाहेक अन्य ढुवानीका यातायात संचालन नगर्ने निर्णय गरिएको छ ।

यातयात व्यवस्था विभागमा टिकटमा कालोबजारी रोक्न अनुगमन गरिने र कारवाही गरिने समेत विभागले जनाएको छ । 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

बालेन सरकारको ६ महिना: भारत, चीन र अमेरिकासँगको सम्बन्धमा ‘रिसेट’ कि अन्योल?

बालेन सरकारको छ महिनामा भारत, चीन र अमेरिकासँग प्रारम्भिक दूरीबाट व्यावहारिक संलग्नतातर्फ केही परिवर्तन देखिएको विश्लेषण कार्यक्रममा प्रस्तुत भयो। अबको चुनौती भनेको अन्तर्राष्ट्रिय दृश्यता र कूटनीतिक सम्पर्कलाई विद्युत् व्यापार, लगानी, प्रविधि, रोजगारी र आर्थिक अवसरमा कसरी रूपान्तरण गर्ने भन्ने देखिन्छ।

थप समाचार