कांग्रेसको केन्द्रीय समिति २९७ सदस्यीय बनाउने प्रस्ताव

१९ असोज, २०८३, सोमवार
सारांश
  • तीन महामन्त्रीमध्ये एक जना महिला हुनेछन् भने चार उपसभापतिमध्ये एक महिला र एक समावेशी समूहबाट हुने प्रस्ताव गरिएको छ ।

काठमाडौँ: नेपाली कांग्रेसको केन्द्रीय समिति २९७ सदस्यीय बनाउने प्रस्ताव महाधिवेशनको बन्दसत्रमा पेश गरिएको छ ।

 

महामन्त्री प्रदीप पौडेलले विधानमा संशोधनको प्रस्ताव गर्दै केन्द्रीय कार्यसमितिको विस्तार गर्ने प्रस्ताव गरेका हुन् ।

 

 प्रस्तावअनुसार सभापति एक, वरिष्ठ उपसभापति एक, उपसभापति चार, महामन्त्री तीन र सहमहामन्त्री १५ जना रहनेछन् । तीन महामन्त्रीमध्ये एक जना महिला हुनेछन् भने चार उपसभापतिमध्ये एक महिला र एक समावेशी समूहबाट हुने प्रस्ताव गरिएको छ ।

 

 सहमहामन्त्रीमध्ये ११ जना निर्वाचित र चार जना सभापतिबाट मनोनित हुनेछन् । कोषाध्यक्ष भने सभापतिबाट मनोनित गर्ने प्रस्ताव छ ।

२९७ सदस्यीय केन्द्रीय समितिमा खुलातर्फ ४५ र खुला महिलातर्फ १५ जना रहने प्रस्ताव गरिएको छ । हरेक प्रदेशबाट एक महिलासहित चार, उपत्यकाबाट एक महिलासहित दुई, दलिततर्फ महिलासहित १४, आदिवासी जनजाति २०, खसआर्य १८, मधेशी १३, थारु ६ र मुस्लिमतर्फ पाँच जना रहनेछन् ।

 

त्यस्तै श्रमिकतर्फ एक महिलासहित तीन, पेशागत विज्ञतर्फ दुई महिलासहित सात र युवातर्फ २१ जना केन्द्रीय सदस्य रहने प्रस्ताव गरिएको छ ।

 

यसअघि कांग्रेसको केन्द्रीय समिति १६७ सदस्यीय रहेको थियो । नयाँ संरचनासम्बन्धी प्रस्ताव बन्दसत्रबाट पारित भएपछि यसै महाधिवेशनमा हुने निर्वाचनमा कार्यान्वयनमा आउनेछ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

बालेन सरकारको ६ महिना: भारत, चीन र अमेरिकासँगको सम्बन्धमा ‘रिसेट’ कि अन्योल?

बालेन सरकारको छ महिनामा भारत, चीन र अमेरिकासँग प्रारम्भिक दूरीबाट व्यावहारिक संलग्नतातर्फ केही परिवर्तन देखिएको विश्लेषण कार्यक्रममा प्रस्तुत भयो। अबको चुनौती भनेको अन्तर्राष्ट्रिय दृश्यता र कूटनीतिक सम्पर्कलाई विद्युत् व्यापार, लगानी, प्रविधि, रोजगारी र आर्थिक अवसरमा कसरी रूपान्तरण गर्ने भन्ने देखिन्छ।

थप समाचार