- नेपालको सांस्कृतिक पहिचान र चाडपर्वसँग राज्य जोडिनुपर्ने धारणा राख्दै थापाले बजार, निजी क्षेत्र र सरकारको भूमिकाबारे पनि राजनीतिक प्रतिवेदनमा चर्चा गरिएको जानकारी दिए ।
काठमाडौँ: नेपाली कांग्रेसका सभापति गगन थापाले आगामी निर्वाचनमा निर्वाचन ब्युरो गठन गरी उम्मेदवार छनोट गर्ने जानकारी दिएका छन् ।
कांग्रेसको १५औँ महाधिवेशनको बन्दसत्रमा बोल्दै थापाले केन्द्रीय कार्यालयअन्तर्गत बनाइने ब्यूरोबाट उम्मेदवार छनौट गर्ने बताएका हुन् ।
सभापति थापाले अब उम्मेदवार बन्न काँग्रेसको लिडरसिप एकेडेमीबाट कोर्स अनिवार्य लिएको हुनुपर्ने बताउदै अब हुने स्थानीय तहको निर्वाचनमा ७५३ मध्ये १०० पालिकामा मेयर वा अध्यक्ष महिलालाई उम्मेदवार बनाउने आफुले सोचेको बताए । उनले अब काँग्रेसमा आफ्नो मान्छेलाई टिकट दिने र पैसा लिएर टिकट दिने समय सकिएको बताउदै अब निश्चित प्रक्रिया पुरा गर्नेले टिकट पाउने बताए ।
बन्दसत्रलाई सम्बोधन गर्दै थापाले राज्य नागरिकप्रति संवेदनशील र करुणामय हुनुपर्ने बताउदै सुकुम्बासी बस्ती हटाउने क्रममा नागरिकको अवस्था र आवश्यकतालाई बेवास्ता गर्न नहुने र राज्यले नागरिकको दुःख र समस्यालाई समेत बुझ्नुपर्ने बताए ।
नेपालको सांस्कृतिक पहिचान र चाडपर्वसँग राज्य जोडिनुपर्ने धारणा राख्दै थापाले बजार, निजी क्षेत्र र सरकारको भूमिकाबारे पनि राजनीतिक प्रतिवेदनमा चर्चा गरिएको जानकारी दिए ।
बन्दसत्रमा थापाको राजनीतिक प्रतिवेदनसँगै महामन्त्री प्रदीप पौडेलको विधान तथा पार्टी सञ्चालनसम्बन्धी प्रस्ताव र उपसभापति विश्वप्रकाश शर्माको समसामयिक प्रस्तावमाथि छलफल भइरहेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
बालेन सरकारको ६ महिना: भारत, चीन र अमेरिकासँगको सम्बन्धमा ‘रिसेट’ कि अन्योल?
बालेन सरकारको छ महिनामा भारत, चीन र अमेरिकासँग प्रारम्भिक दूरीबाट व्यावहारिक संलग्नतातर्फ केही परिवर्तन देखिएको विश्लेषण कार्यक्रममा प्रस्तुत भयो। अबको चुनौती भनेको अन्तर्राष्ट्रिय दृश्यता र कूटनीतिक सम्पर्कलाई विद्युत् व्यापार, लगानी, प्रविधि, रोजगारी र आर्थिक अवसरमा कसरी रूपान्तरण गर्ने भन्ने देखिन्छ।