- वेत्रावतीसम्म अस्थायी सडक खोल्ने काम यसअघि नै सम्पन्न भइसकेको उनले बताएका छन् ।
रसुवा: रसुवाको वेत्रावतीमा बेलिब्रिज जडानको काम जारी रहेको छ । अबको पाँच दिनभित्र बेलिब्रिज जडान सम्पन्न गर्ने लक्ष्य राखिएको पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले जानकारी दिएको छ ।
बाढीका कारण टुटेको सडक सम्पर्क दसैँअघि पुनः जोड्ने लक्ष्यअनुसार काम अघि बढाइएको र गल्छीदेखि वेत्रावतीसम्म अस्थायी सडक खोल्ने काम यसअघि नै सम्पन्न भइसकेको उनले बताएका छन् ।
बेलिब्रिज जडान सम्पन्न भएपछि गल्छी–वेत्रावती हुँदै रसुवाको धुन्चे र स्याफ्रुबेँसीसम्म यातायात सञ्चालनमा आउने मन्त्री लम्सालले जानकारी दिएका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
बालेन सरकारको ६ महिना: भारत, चीन र अमेरिकासँगको सम्बन्धमा ‘रिसेट’ कि अन्योल?
बालेन सरकारको छ महिनामा भारत, चीन र अमेरिकासँग प्रारम्भिक दूरीबाट व्यावहारिक संलग्नतातर्फ केही परिवर्तन देखिएको विश्लेषण कार्यक्रममा प्रस्तुत भयो। अबको चुनौती भनेको अन्तर्राष्ट्रिय दृश्यता र कूटनीतिक सम्पर्कलाई विद्युत् व्यापार, लगानी, प्रविधि, रोजगारी र आर्थिक अवसरमा कसरी रूपान्तरण गर्ने भन्ने देखिन्छ।