सञ्चार क्षेत्रका लागि बलियो नियामक आवश्यक- सञ्चारमन्त्री तिमिल्सिना
१९ असोज, २०८३, सोमवार
- मन्त्री तिमिल्सिनाले प्रस्तावित प्रेस काउन्सिल विधेयक र आमसञ्चार विधेयकमार्फत नियामक निकायलाई थप प्रभावकारी र कार्यान्वयनयोग्य बनाउने सरकारको उद्देश्य रहेको बताए ।
काठमाडौँ: सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले सञ्चार क्षेत्रलाई व्यवस्थित, जिम्मेवार र व्यावसायिक बनाउन अधिकारसम्पन्न नियामक संयन्त्र आवश्यक रहेको बताएका छन् ।
प्रदेशका सञ्चार तथा प्रेससम्बन्धी निकायका प्रमुखसँग मन्त्रालयमा भएको छलफलमा उनले सञ्चारमाध्यमको स्वतन्त्रता कायम राख्दै पत्रकार आचारसंहिता, सञ्चारमाध्यमको जिम्मेवारी र नियमनलाई प्रभावकारी बनाउन नयाँ कानुनी व्यवस्था गर्न लागिएको जानकारी दिए ।
मन्त्री तिमिल्सिनाले प्रस्तावित प्रेस काउन्सिल विधेयक र आमसञ्चार विधेयकमार्फत नियामक निकायलाई थप प्रभावकारी र कार्यान्वयनयोग्य बनाउने सरकारको उद्देश्य रहेको बताए । संसद् तथा संसदीय समितिमा पर्याप्त छलफलपछि आवश्यक परिमार्जनसहित विधेयक अघि बढ्ने उनले बताए।
उनले संघ, प्रदेश र स्थानीय तहबीच सञ्चार क्षेत्रसँग सम्बन्धित अधिकार, जिम्मेवारी र समन्वय स्पष्ट पारिने जानकारी दिए । संघीय संरचनाअनुसार कानुन र संस्थागत व्यवस्थाबीच देखिएका समस्या नयाँ कानुनमार्फत समाधान गरिने उनको भनाइ थियो ।
छलफलमा प्रदेशका सञ्चार तथा प्रेससम्बन्धी निकायका प्रमुखहरूले सञ्चारमाध्यमको दर्ता, अभिलेखीकरण, अनुमतिपत्र तथा नियमनसम्बन्धी व्यवस्था स्पष्ट बनाउन सुझाव दिएका थिए । मन्त्री तिमिल्सिनाले सरोकारवालाबाट प्राप्त सुझावलाई आगामी कानुनी व्यवस्थामा समेट्दै सञ्चार क्षेत्रलाई थप व्यवस्थित र उत्तरदायी बनाउने प्रतिबद्धता व्यक्त गरे ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
बालेन सरकारको ६ महिना: भारत, चीन र अमेरिकासँगको सम्बन्धमा ‘रिसेट’ कि अन्योल?
बालेन सरकारको छ महिनामा भारत, चीन र अमेरिकासँग प्रारम्भिक दूरीबाट व्यावहारिक संलग्नतातर्फ केही परिवर्तन देखिएको विश्लेषण कार्यक्रममा प्रस्तुत भयो। अबको चुनौती भनेको अन्तर्राष्ट्रिय दृश्यता र कूटनीतिक सम्पर्कलाई विद्युत् व्यापार, लगानी, प्रविधि, रोजगारी र आर्थिक अवसरमा कसरी रूपान्तरण गर्ने भन्ने देखिन्छ।