साढे ५ महिनापछि धितोपत्र बोर्डले दियो आईपीओ अनुमति

१९ असोज, २०८३
सारांश
  • तत्कालीन बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठ बाहिरिएसँगै नयाँ आईपीओ जारी गर्ने अनुमति पनि रोकिएको थियो ।

काठमाडौँ: सेबोनले साढे ५ महिनापछि हिमपर्वत हाइड्रोपावर लिमिटेडलाई आईपीओ निष्कासन अनुमति दिएको छ ।

 

सेबोनको सञ्चालक समिति बैठकले उक्त कम्पनीलाई आईपीओ निष्कासनका लागि अनुमति दिने निर्णय गरेको हो । गत वैशाख पहिलो साता तत्कालीन बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठ बाहिरिएसँगै नयाँ आईपीओ जारी गर्ने अनुमति पनि रोकिएको थियो ।

 

सरकारले गत असार पहिलो साता बोर्ड अध्यक्षमा गोपाल भट्टलाई नियुक्त गरेको थियो । भट्ट नियुक्त भएको साढे चार महिनापछि आईपीओ जारी गर्न अनुमति पाउने पहिलो कम्पनी हिमपर्वत बनेको हो । सेबोनले हिमपर्वतलाई ५९ लाख १५ हजार कित्ता आईपीओ जारी गर्न अनुमति दिएको छ ।

 

प्रतिकित्ता सेयरको अंकित मूल्य १ सय रुपैयाँ छ । कम्पनीले मंसिर २०८१ मै आईपीओ निष्कासन अनुमतिका लागि निवेदन दिएको थियो ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

बालेन सरकारको ६ महिना: भारत, चीन र अमेरिकासँगको सम्बन्धमा ‘रिसेट’ कि अन्योल?

बालेन सरकारको छ महिनामा भारत, चीन र अमेरिकासँग प्रारम्भिक दूरीबाट व्यावहारिक संलग्नतातर्फ केही परिवर्तन देखिएको विश्लेषण कार्यक्रममा प्रस्तुत भयो। अबको चुनौती भनेको अन्तर्राष्ट्रिय दृश्यता र कूटनीतिक सम्पर्कलाई विद्युत् व्यापार, लगानी, प्रविधि, रोजगारी र आर्थिक अवसरमा कसरी रूपान्तरण गर्ने भन्ने देखिन्छ।

थप समाचार