रविको गगनलाई सुझाव- पार्टीभित्र हैरान गर्नेलाई फकाउनुभन्दा छोडिदिएकै राम्रो हुन्छ !

१८ असोज, २०८३, आइतवार
सारांश
  • रास्वपाका सभापति रवि लामिछानेले नेपाली काँग्रेसका सभापति गगन थापालाई पार्टीभित्र बसेर हैरान पार्नेहरूलाई छोडिदिन सुझाव दिएका छन् ।

काठमाडौँ :  रास्वपाका सभापति रवि लामिछानेले नेपाली काँग्रेसका सभापति गगन थापालाई पार्टीभित्र बसेर हैरान पार्नेहरूलाई छोडिदिन सुझाव दिएका छन् ।

 

कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन सभामा सम्बोधन गर्दै लामिछानेले सभापति थापालाई पार्टीमा बसेर हैरान गर्नेलाई फकाउन भन्दा छोडिदिएकै राम्रो हुन्छ भन्ने सुझाव दिएका हुन् ।

 

उनले भने- 'कहिलेकाँही पार्टीभित्र बसेर सधैं कचकच गर्ने, गनगन गर्ने, हैरान गर्ने, फकाउँदा-फकाउँदा सम्पूर्ण शक्ति नष्ट गरिदिने साथीहरूलाई फकाउनुभन्दा छोडिदिएकै राम्रो हुन्छ ।'
 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

यस्तो छ जितिया पर्वको पौराणिक प्रसङ्ग

तिथिको समयमा हेरफेर भएको अवस्थामा वर्तालुलाई ३६ घण्टासम्म उपवासमा बस्नुपर्ने हुन्छ । उपवासको अवधिमा थुक पनि निल्न नहुने मान्यता छ । तर, यसपल्ट उपवासको अवधि सोमबार बिहान ३ बजेदेखि शुरु भई बुधबार बिहान ८ बजेसम्म अर्थात करीब २९ घण्टा रहेको छ ।

थप समाचार