अब आन्दोलन गरेर सरकार ढाल्ने खेलमा नलागौं- रवि लामिछाने
१८ असोज, २०८३, आइतवार
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सरकार नढल्ने स्पष्ट गरेका छन् ।
काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सरकार नढल्ने स्पष्ट गरेका छन् ।
काँग्रेसको १५औं महाधिवेशनमा सम्बोधन गर्दै सभापति लामिछानेले अहिले सरकार ढल्छ भन्ने हल्ला चलाइएको भन्दै सरकार नढल्ने स्पष्ट गरेका हुन् ।
उनले लोकतन्त्रप्रति आफुहरु प्रतिबद्ध रहेको भन्दै अब आन्दोलन गरेर सरकार ढाल्ने खेलमा नलाग्न आग्रह गरेका थिए । लामिछानेले चुनावको विषयमा हल्का टिप्पणी गरेको भन्दै जनताको मतको अपमान नगर्न आग्रह गरे ।
लामिछानेले काँग्रेसको बलियो र कमजोर दुवै पक्ष यसको इतिहास भएको बताएका छन् । काँग्रेसले विगतमा पिछडिएको वर्गलाई नहेरेको, समानुपातिक सिट बेचेको आरोप लगाउदै त्यसो नगरेको भए आफु पनि काँग्रेस हुनसक्ने थिए भनेका थिए ।
सभापति लामिछानेले आफुहरु लोकतन्त्रका मुल्य र मान्यताको विरुद्ध डेक नचल्ने बताउदै लोकतन्त्रको रक्षा गर्न अग्रपंक्तिमा उभिने बताए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
बालेन सरकारको ६ महिना: भारत, चीन र अमेरिकासँगको सम्बन्धमा ‘रिसेट’ कि अन्योल?
बालेन सरकारको छ महिनामा भारत, चीन र अमेरिकासँग प्रारम्भिक दूरीबाट व्यावहारिक संलग्नतातर्फ केही परिवर्तन देखिएको विश्लेषण कार्यक्रममा प्रस्तुत भयो। अबको चुनौती भनेको अन्तर्राष्ट्रिय दृश्यता र कूटनीतिक सम्पर्कलाई विद्युत् व्यापार, लगानी, प्रविधि, रोजगारी र आर्थिक अवसरमा कसरी रूपान्तरण गर्ने भन्ने देखिन्छ।