पार्टीलाई टिकाउन आजका प्रश्नको जवाफ दिन सक्नुपर्छ- गगन थापा
१८ असोज, २०८३, आइतवार
- काँग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोह बोल्दै सभापति थापाले अहिले उठिरहेका प्रश्नको जवाफ दिएमात्र पार्टी टिक्ने र ठुलो हुने बताए ।
काठमाडौं: नेपाली कांग्रेसका सभापति गगन थापाले हिजोको प्रश्नको उत्तर दिएर मात्र पार्टी नटिक्ने बताएका छन् ।
काँग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोह बोल्दै सभापति थापाले अहिले उठिरहेका प्रश्नको जवाफ दिएमात्र पार्टी टिक्ने र ठुलो हुने बताए ।
सभापति थापाले भने- 'हिजोको प्रश्नको उत्तर दिएर कांग्रेस टिक्दैन । आजको प्रश्नको उत्तर दिनुपर्छ । आजको प्रश्न के हो ? त्यसका लागि आजको प्रश्न सोध्ने मान्छे को हो ? तपाईं र कांग्रेसको कोठामा बसेर आफैँ प्रश्न र आफैँ उत्तर बनाएर हुँदैन ।'
महाधिवेशनलाई सम्बोधन गर्दै सभापति थापाले अहिलेका युवाले इतिहासलाई माया गरे पनि उसका अहिलेका प्रश्नको उत्तर पार्टीले दिनसक्नु पर्ने बताए ।
युवाले देशमा राम्रो शिक्षा पाइन्छ कि पाइँदैन ? शिक्षा पाएपछि रोजगार पाइन्छकी पाइदैन भन्ने प्रश्न गरिरहेको र त्यसको जवाफ दिनसक्नुपर्ने बताए ।
सभापति थापाले बदलिएको काँग्रेसले देशलाई पनि बदल्ने विश्वास लिन कार्यकर्तालाई आग्रह गरेका थिए । उनले आफुहरुसँग विपी कोइराला र गणेशमानको विचार रहेको भन्दै उनीहरुका छोराहरु कहाँछन् त्यसले अर्थ नराख्ने टिप्पणी गरे ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
लिङ्देनको प्रस्ताव : राजादेखि नयाँ पुस्तासम्मलाई समेटेर नयाँ राष्ट्रिय समझदारी गरौँ
-
पार्टीलाई टिकाउन आजका प्रश्नको जवाफ दिन सक्नुपर्छ- गगन थापा
-
रविको गगनलाई सुझाव- पार्टीभित्र हैरान गर्नेलाई फकाउनुभन्दा छोडिदिएकै राम्रो हुन्छ !
-
महाधिवेशनपछि काँग्रेस थप दृढता र नयाँ ऊर्जाका साथ अघि बढ्छ- विश्वप्रकाश शर्मा
-
अब आन्दोलन गरेर सरकार ढाल्ने खेलमा नलागौं- रवि लामिछाने
धेरै पढिएको
विशेष
यस्तो छ जितिया पर्वको पौराणिक प्रसङ्ग
तिथिको समयमा हेरफेर भएको अवस्थामा वर्तालुलाई ३६ घण्टासम्म उपवासमा बस्नुपर्ने हुन्छ । उपवासको अवधिमा थुक पनि निल्न नहुने मान्यता छ । तर, यसपल्ट उपवासको अवधि सोमबार बिहान ३ बजेदेखि शुरु भई बुधबार बिहान ८ बजेसम्म अर्थात करीब २९ घण्टा रहेको छ ।