अब आन्दोलन गरेर सरकार ढाल्ने खेलमा नलागौं- रवि लामिछाने

१८ असोज, २०८३, आइतवार
सारांश
  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सरकार नढल्ने स्पष्ट गरेका छन् ।

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सरकार नढल्ने स्पष्ट गरेका छन् ।

 

काँग्रेसको १५औं महाधिवेशनमा सम्बोधन गर्दै सभापति लामिछानेले अहिले सरकार ढल्छ भन्ने हल्ला चलाइएको भन्दै सरकार नढल्ने स्पष्ट गरेका हुन् । 

 

उनले लोकतन्त्रप्रति आफुहरु प्रतिबद्ध रहेको भन्दै अब आन्दोलन गरेर सरकार ढाल्ने खेलमा नलाग्न आग्रह गरेका थिए । लामिछानेले चुनावको विषयमा हल्का टिप्पणी गरेको भन्दै जनताको मतको अपमान नगर्न आग्रह गरे ।

 

लामिछानेले काँग्रेसको बलियो र कमजोर दुवै पक्ष यसको इतिहास  भएको बताएका छन् । काँग्रेसले विगतमा पिछडिएको वर्गलाई नहेरेको, समानुपातिक सिट बेचेको आरोप लगाउदै त्यसो नगरेको भए आफु पनि काँग्रेस हुनसक्ने थिए भनेका थिए ।

 

 सभापति लामिछानेले आफुहरु लोकतन्त्रका मुल्य र मान्यताको विरुद्ध डेक नचल्ने बताउदै लोकतन्त्रको रक्षा गर्न अग्रपंक्तिमा उभिने बताए ।

 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

यस्तो छ जितिया पर्वको पौराणिक प्रसङ्ग

तिथिको समयमा हेरफेर भएको अवस्थामा वर्तालुलाई ३६ घण्टासम्म उपवासमा बस्नुपर्ने हुन्छ । उपवासको अवधिमा थुक पनि निल्न नहुने मान्यता छ । तर, यसपल्ट उपवासको अवधि सोमबार बिहान ३ बजेदेखि शुरु भई बुधबार बिहान ८ बजेसम्म अर्थात करीब २९ घण्टा रहेको छ ।

थप समाचार