आज विश्व पशु दिवस मनाइँदै

२०८३ असोज १८ आइतवार
सारांश
  • पूर्वीय सभ्यतामा जनावरलाई विशेष स्थान दिइएको छ । हिन्दू धमावलम्बीमा पशुलाई देवताको प्रतिकको रुपमा पूजा गर्ने संस्कार रहेको छ ।

काठमाण्डौ, १८ असोज । आज ४ अक्टोबर अर्थात् विश्व पशु दिवस । यस बर्षको विश्व पशु दिवसको आधिकारिक नारा ‘उनीहरूको आँखाबाट संसारलाई हेरौँ’ रहेको छ ।

 

संसारबाट लोप हुन लागेका जनावरको संरक्षण गर्नुको साथै महत्वको बारेमा जागरूक गराउन हरेक वर्षको ४ अक्टोबरका दिन विश्व पशु दिवस मनाइन्छ ।

 

हेनरीच जिमरम्यानले सन् १९२५ को मार्च २४ का दिन बर्लिनको स्पोर्टस् प्यालेसमा विश्वमा पहिलो पटक विश्व पशु दिवसको आयोजना गरेका थिए । सन् १९३१ मा इटलीमा आयोजना गरिएको पशु संरक्षण सम्मेलनले अक्टोबर ४ लाई विश्व पशु दिवसको रूपमा स्वीकार गरेको थियो । सुरुमा जर्मनले मात्र स्वीकार गरेको विश्व पशु दिवस विस्तारै विश्वभर मनाउन थालिएको हो ।

 

आजै इटालियन सन्त तथा पशुका संरक्षक ‘फ्रान्सिस अफ एसीसी’को जन्मोत्सवसमेत मनाइन्छ । ११औँ शताब्दीदेखि नै विश्व समुदायमा उनी पशु संरक्षकका रुपमा चिनिँदै आएका छन् ।

 

पर्यावरण संरक्षणमा प्राणी, जीवको आवश्यकता रहन्छ । वायुमण्डलमा भएको कार्वन र नाइट्रोजनको चक्रलाई सन्तुलत बनाउन पनि जनावरको उत्तिकै योगदान रहन्छ । विश्वमा वार्षिक तीन खर्ब किलो मासु उपभोग गरिन्छ । मानिसको पेट भर्न मात्रै हरेक वर्ष ८० अर्बभन्दा बढी जनावरको ज्यान जाने गरेको तथ्यांक रहेको छ ।

 

पूर्वीय सभ्यतामा जनावरलाई विशेष स्थान दिइएको छ । हिन्दू धमावलम्बीमा पशुलाई देवताको प्रतिकको रुपमा पूजा गर्ने संस्कार रहेको छ । विभिन्न जनावरलाई विभिन्न देवीदेवताको बहानको रुपमा पुज्ने प्रचलन छ । तिहार विशेष गरी पशुमा नै केन्द्रित छ । तिहारमा काग, कुकुर, गाई र गोरुलाई देवताको प्रतिक मानेर  पुजा गरिन्छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

बालेन सरकारको ६ महिना: भारत, चीन र अमेरिकासँगको सम्बन्धमा ‘रिसेट’ कि अन्योल?

बालेन सरकारको छ महिनामा भारत, चीन र अमेरिकासँग प्रारम्भिक दूरीबाट व्यावहारिक संलग्नतातर्फ केही परिवर्तन देखिएको विश्लेषण कार्यक्रममा प्रस्तुत भयो। अबको चुनौती भनेको अन्तर्राष्ट्रिय दृश्यता र कूटनीतिक सम्पर्कलाई विद्युत् व्यापार, लगानी, प्रविधि, रोजगारी र आर्थिक अवसरमा कसरी रूपान्तरण गर्ने भन्ने देखिन्छ।

थप समाचार