पाकिस्तानलाई हराउँदै भारतले जित्यो एसियाली खेलकुदको क्रिकेटमा स्वर्ण

१७ असोज, २०८३, शनिवार
सारांश
  • भारतले खेल आफ्नो पक्षमा पार्दै पुरुष क्रिकेटको स्वर्ण पदक हात पारेको हो । यो भारतको एसियाली खेलकुद पुरुष क्रिकेटमा लगातार दोस्रो स्वर्ण हो। भारतले अघिल्लो हाङझाउ एसियाली खेलकुदमा पनि स्वर्ण जितेको थियो ।

काठमाडौँ: भारतले एसियाली खेलकुद २०२६ अन्तर्गत पुरुष क्रिकेटको स्वर्ण पदक जितेको छ ।

 

जापानको निसिनस्थित कोरोगी खेलकुद पार्कमा शनिबार भएको फाइनलमा भारतले पाकिस्तानलाई पराजित गर्दै स्वर्ण जितेको हो ।

पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २११ रन बनाएको थियो । भारतका लागि अभिषेक शर्माले २८ बलमा ६१ रन बनाए भने तिलक वर्माले २२ बलमा अविजित ५१ रन जोडेका थिए । त्यस्तै शिवम दुबेले १५ बलमा २७ रन बनाए ।

 

२१२ रनको लक्ष्य पछ्याएको पाकिस्तानले जवाफी ब्याटिङमा संघर्ष गर्दै २० ओभरमा ६ विकेट गुमाएर १९२ रन बनाएको थियो ।  पाकिस्तानका लागि हसन नवाजले ९६ रन बनाएका थिए ।  

 

भारतले खेल आफ्नो पक्षमा पार्दै पुरुष क्रिकेटको स्वर्ण पदक हात पारेको हो । यो भारतको एसियाली खेलकुद पुरुष क्रिकेटमा लगातार दोस्रो स्वर्ण हो। भारतले अघिल्लो हाङझाउ एसियाली खेलकुदमा पनि स्वर्ण जितेको थियो । 

 

त्यस्तै पाकिस्तानले हारसँगै एशियाली खेलकुदमा रजत पदक जितेको छ ।  यस प्रतियोगितामा श्रीलंकाले बंगलादेशलाई हराउँदै कांस्य पदक जितेको थियो ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

बालेन सरकारको ६ महिना: भारत, चीन र अमेरिकासँगको सम्बन्धमा ‘रिसेट’ कि अन्योल?

बालेन सरकारको छ महिनामा भारत, चीन र अमेरिकासँग प्रारम्भिक दूरीबाट व्यावहारिक संलग्नतातर्फ केही परिवर्तन देखिएको विश्लेषण कार्यक्रममा प्रस्तुत भयो। अबको चुनौती भनेको अन्तर्राष्ट्रिय दृश्यता र कूटनीतिक सम्पर्कलाई विद्युत् व्यापार, लगानी, प्रविधि, रोजगारी र आर्थिक अवसरमा कसरी रूपान्तरण गर्ने भन्ने देखिन्छ।

थप समाचार