एशियाली खेलकुद: क्रिकेटको दोस्रो क्वार्टरफाइनल पनि रद्द, भारत सेमिफाइनलमा

१२ असोज, २०८३, सोमवार
सारांश
  • एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको दोस्रो क्वार्टरफाइनल खेल पनि भारी वर्षाका कारण रद्द भएको छ । खेल रद्द भएपछि भारत सेमिफाइनलमा प्रवेश गरेको छ ।


काठमाडौँ : एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको दोस्रो क्वार्टरफाइनल खेल पनि भारी वर्षाका कारण रद्द भएको छ । खेल रद्द भएपछि भारत सेमिफाइनलमा प्रवेश गरेको छ ।

 

यस खेलमा भारतले अफगानिस्तानको सामना गर्ने तयारी गरेको थियो । कोरोगी खेलकुद पार्कमा हुने भनिएको खेल लगातार वर्षाका कारण टससमेत नभई रद्द भएको थियो ।

 

भारतले अब सेमिफाइनलमा नेपाल र श्रीलंकाबीचको क्वार्टरफाइनलको विजेतासँग खेल्नेछ ।

 

यसअघि आजै भएको पहिलो क्वार्टरफाइनलमा पाकिस्तान र हङकङबीचको खेल पनि वर्षाका कारण रद्द भएको थियो । अन्तर्राष्ट्रिय टी-२० वरीयताका आधारमा पाकिस्तान सेमिफाइनलमा पुगेको छ । पाकिस्तानले अब बंगलादेश र मलेसियाबीचको क्वार्टरफाइनलको विजेतासँग सेमिफाइनल खेल्नेछ ।

 

अब नेपाल र श्रीलंकाबीचको क्वार्टरफाइनल खेल भने भोलि हुनेछ । त्यस्तै बंगलादेश र मलेसियाबीचको क्वार्टरफाइनल पनि भोलि नै हुने तालिका छ ।

 

वर्षाका कारण लगातार खेल प्रभावित भएपछि बाँकी खेलका लागि मौसम सुधार हुने अपेक्षा गरिएको छ ।

 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

एआईको अत्यधिक प्रयोगले सोच्ने, बुझ्ने र तर्क गर्ने क्षमतामा असर

एआईले केही सेकेन्डमै जटिल प्रश्नको उत्तर र समस्याको समाधान दिन थालेपछि विशेषगरी विद्यार्थीमा आफ्नै दिमाग लगाएर सोच्ने तथा विश्लेषण गर्ने अभ्यास घट्दै गएको उनीहरूको निष्कर्ष छ ।

थप समाचार