चेक रिपब्लिकलाई हराउँदै नेसन्स लिगमा इंग्ल्यान्डको पहिलो जित
२०८३ असोज १४ बुधवार
- युरोपेली नेसन्स लिग अन्तर्गत समूह ए ३ को खेलमा इंग्ल्यान्डले चेक रिपब्लिकलाई २–० ले पराजित गरेको छ । यससँगै इंग्ल्यान्डले प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ ।
काठमाण्डौ, १४ असोज । युरोपेली नेसन्स लिग अन्तर्गत समूह ए ३ को खेलमा इंग्ल्यान्डले चेक रिपब्लिकलाई २–० ले पराजित गरेको छ । यससँगै इंग्ल्यान्डले प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ ।
खेलको पहिलो हाफमा चेक रिपब्लिकका पाभेल शुल्च रातो कार्ड पाएर मैदानबाट बाहिरिएपछि इंग्ल्यान्डले १० खेलाडीमा सीमित घरेलु टोलीमाथि दबाब बढाएको थियो । पहिलो हाफमै मोर्गन रोजर्सको प्रहार पोस्टमा लागेको थियो भने चेक रिपब्लिकका गोलरक्षक मातेय कोभाजले ह्यारी केनको उत्कृष्ट प्रहार बचाएका थिए ।
दोस्रो हाफ शुरु भएको केही समयमै इंग्ल्यान्डले अग्रता लियो । ट्रेन्ट एलेक्जान्डर–आर्नोल्डको उत्कृष्ट क्रसमा एन्थोनी गोर्डनले हेडमार्फत गोल गर्दै इंग्ल्यान्डलाई १–० ले अघि बढाए । त्यसपछि कप्तान ह्यारी केनले इंग्ल्यान्डको अग्रता दोब्बर बनाए । चेक रिपब्लिकको रक्षापंक्तिबाट आएको फितलो क्लियरेन्सको फाइदा उठाउँदै केनले छिटो प्रतिक्रिया जनाएर बललाई जाली चुमाएका थिए । इंग्ल्यान्डले यसअघि पहिलो खेलमा स्पेनसँग ३–२ को हार बेहोरेको थियो । चेक रिपब्लिक भने पहिलो खेलमा क्रोएसियासँग २–१ ले पराजित भएको थियो ।
समूह ए ३ मा इंग्ल्यान्डको दुई खेलबाट तीन अंक भएको छ । स्पेनले पहिलो दुई खेल जित्दै ६ अंक जोडेको छ भने क्रोएसिया र चेक रिपब्लिकको पनि समूहमा प्रतिस्पर्धा जारी छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
एआईको अत्यधिक प्रयोगले सोच्ने, बुझ्ने र तर्क गर्ने क्षमतामा असर
एआईले केही सेकेन्डमै जटिल प्रश्नको उत्तर र समस्याको समाधान दिन थालेपछि विशेषगरी विद्यार्थीमा आफ्नै दिमाग लगाएर सोच्ने तथा विश्लेषण गर्ने अभ्यास घट्दै गएको उनीहरूको निष्कर्ष छ ।