क्रोएसियामाथि स्पेनको फराकिलो जित

२०८३ असोज १४ बुधवार
सारांश
  • स्पेनले युरोपेली नेसन्स लिगको समूह चरणमा क्रोएसियामाथि ४-१ गोलको शानदार जित निकालेको छ ।

काठमाण्डौ, १४ असोज । स्पेनले युरोपेली नेसन्स लिगको समूह चरणमा क्रोएसियामाथि ४-१ गोलको शानदार जित निकालेको छ । सेभियामा भएको खेलमा स्पेनले सुरुवातदेखि नै आक्रामक खेल प्रस्तुत गर्दै क्रोएसियालाई दबाबमा राखेको थियो ।

 

खेल शुरु भएको दुई मिनेटमै लामिन यामालले गोल गर्दै स्पेनलाई अग्रता दिलाएका थिए । फर्मिन लोपेजको चलाखीपूर्ण पासपछि यामालले क्रोएसियाका गोलरक्षक डोमिनिक लिभाकोभिचलाई छक्याउँदै गोल गरेका थिए ।

 

तर क्रोएसियाले पहिलो हाफमै खेल बराबरीमा ल्यायो । इभान पेरिसिचको क्रसमा डियोन बेल्जोले हेडमार्फत गोल गर्दै अन्तर्राष्ट्रिय खेलमा आफ्नो पहिलो गोल गरेका थिए ।

 

स्पेनले त्यसको दुई मिनेटमै पुनः अग्रता लियो । यामालको उत्कृष्ट पासमा मार्क पुबिलले हेडमार्फत गोल गर्दै स्पेनलाई २–१ ले अघि बढाए । त्यसपछि यामालले खेलको ३४औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल थपे । पेड्रीको उत्कृष्ट पासलाई सदुपयोग गर्दै यामालले नजिकैबाट गोल गरेका थिए । खेलको अन्तिमतिर निको विलियम्सले ८९औँ मिनेटमा स्पेनका लागि चौथो गोल गरे । उनले क्रोएसियाको डिबक्सभित्र बल नियन्त्रणमा लिएर शक्तिशाली प्रहार गर्दै गोल गरेका थिए ।

 

यससँगै स्पेनले नेसन्स लिगको नयाँ सत्रमा लगातार दोस्रो जित निकालेको छ । पहिलो खेलमा स्पेनले इंग्ल्यान्डलाई ३–२ गोलले पराजित गरेको थियो ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

एआईको अत्यधिक प्रयोगले सोच्ने, बुझ्ने र तर्क गर्ने क्षमतामा असर

एआईले केही सेकेन्डमै जटिल प्रश्नको उत्तर र समस्याको समाधान दिन थालेपछि विशेषगरी विद्यार्थीमा आफ्नै दिमाग लगाएर सोच्ने तथा विश्लेषण गर्ने अभ्यास घट्दै गएको उनीहरूको निष्कर्ष छ ।

थप समाचार