लामो समयदेखि अलपत्र तेह्रथुम र पाँचथर जोड्ने लाम्बुघाट पुलको निर्माण अघि बढ्ने
१७ असोज, २०८३, शनिवार
- २०६९ असार २६ गते ठेक्का सम्झौता भएको पुलको निर्माण मूल विस्तृत आयोजना प्रतिवेदन र डिजाइनमा देखिएको प्राविधिक समस्याका कारण लामो समयदेखि अलपत्र थियो ।
तेह्रथुम: तेह्रथुम र पाँचथर जोड्ने तमोर खोला (लाम्बुघाट) पुलको निर्माण करिब डेढ दशकपछि अघि बढ्ने भएको छ ।
२०६९ असार २६ गते ठेक्का सम्झौता भएको पुलको निर्माण मूल विस्तृत आयोजना प्रतिवेदन र डिजाइनमा देखिएको प्राविधिक समस्याका कारण लामो समयदेखि अलपत्र थियो ।
समस्या पहिचान गरी प्रतिवेदन पेस भए पनि लामो समयसम्म प्राविधिक समाधान हुन नसक्दा आयोजना रुग्ण बनेको थियो । पूर्वाधार विकास मन्त्रालयको पहलमा असोज ७ गते निर्माण व्यवसायी, परामर्शदाता र सडक विभागअन्तर्गतको पुल महाशाखाबीच संयुक्त बैठक बसेर समस्या समाधानको प्रक्रिया अघि बढाइएको हो ।
मन्त्रालयले मूल विस्तृत आयोजना प्रतिवेदन तयार गर्ने परामर्शदातालाई प्राविधिक समस्या पुनरावलोकन गरी आवश्यक समाधान प्रस्ताव गर्न सहजीकरण गरेको छ । प्राविधिक समस्या समाधानतर्फ प्रक्रिया अघि बढेसँगै पुलको निर्माण पुनः तीव्र बनाउने आधार तयार भएको मन्त्रालयले जनाएको छ ।
हाल पुलको मुख्य बाँकी काम स्टिल ट्रस जडान रहेको छ। प्राविधिक समस्या समाधान गरी निर्माणलाई गति दिँदै २०८३ सालको अन्त्यसम्म पुल निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
कांग्रेस महामन्त्रीमा लड्ने सुनिलकुमार शर्माको घोषणा
-
देउवा समूहको दाबी- गगनकाे अधिवेशनमा सहभागीहरू पनि गल्ती भएछ भन्दै हामीतिर खुल्दैछन्
-
मालढुंगाको कालीगण्डकी पुल सात दिनभित्र सञ्चालनमा ल्याउने गरि काम जारी
-
पाकिस्तानलाई हराउँदै भारतले जित्यो एसियाली खेलकुदको क्रिकेटमा स्वर्ण
-
लामो समयदेखि अलपत्र तेह्रथुम र पाँचथर जोड्ने लाम्बुघाट पुलको निर्माण अघि बढ्ने
धेरै पढिएको
विशेष
बालेन सरकारको ६ महिना: भारत, चीन र अमेरिकासँगको सम्बन्धमा ‘रिसेट’ कि अन्योल?
बालेन सरकारको छ महिनामा भारत, चीन र अमेरिकासँग प्रारम्भिक दूरीबाट व्यावहारिक संलग्नतातर्फ केही परिवर्तन देखिएको विश्लेषण कार्यक्रममा प्रस्तुत भयो। अबको चुनौती भनेको अन्तर्राष्ट्रिय दृश्यता र कूटनीतिक सम्पर्कलाई विद्युत् व्यापार, लगानी, प्रविधि, रोजगारी र आर्थिक अवसरमा कसरी रूपान्तरण गर्ने भन्ने देखिन्छ।