मालढुंगाको कालीगण्डकी पुल सात दिनभित्र सञ्चालनमा ल्याउने गरि काम जारी

१७ असोज, २०८३, शनिवार
सारांश
  • निर्माण सामग्रीको अभाव र ढुवानीमा आएको समस्याका कारण पुल सञ्चालनमा ल्याउने समय थपिँदै गएको विभागको भनाइ छ ।

बागलुङ: मालढुंगास्थित कालीगण्डकी पुलको एप्रोच सडक निर्माणमा सडक विभागले तीव्रता दिएको छ । 

 

नदीको हालको सतहभन्दा करिब ८ मिटर तलसम्म सडकको भाग गहिरिएपछि विभागले आफ्ना सबै स्रोतसाधन प्रयोग गरी करिब ८ मिटर पुर्दै प्लेटफर्म तयार गरेको जनाएको छ ।

 

एप्रोच सडक निर्माणका लागि ठूलो मात्रामा माटो, ढुंगा र गिट्टी आवश्यक भए पनि पर्याप्त स्रोत उपलब्ध हुन नसक्दा कामले अपेक्षित गति लिन सकेको थिएन । सुरुमा करिब दुई किलोमिटर टाढाबाट निर्माण सामग्री ल्याइँदै आए पनि त्यहाँबाट सामग्री ल्याउन रोकिएपछि अहिले करिब १० किलोमिटर टाढाको पहिरोबाट निर्माण सामग्री ल्याउनुपर्ने अवस्था रहेको विभागले जनाएको छ ।

 

निर्माण सामग्रीको अभाव र ढुवानीमा आएको समस्याका कारण पुल सञ्चालनमा ल्याउने समय थपिँदै गएको विभागको भनाइ छ । स्थानीयस्तरमा समस्या समाधानका लागि निरन्तर प्रयास गरिए पनि हिजो दिनभर समस्या समाधान हुन नसकेको र आज बिहानदेखि केही सहज भएको जानकारी प्राप्त भएको विभागले जनाएको छ ।

 

विभागका अनुसार पर्याप्त निर्माण सामग्री र स्थानीय सहयोग उपलब्ध भएमा सात दिनभित्र पुल सञ्चालन गर्न सकिने अवस्थामा पुर्‍याउने लक्ष्य छ । तर काम गर्ने स्थान साँघुरो हुनुका साथै अग्लो पर्खाल निर्माण गर्नुपर्ने भएकाले निर्माण कार्य चुनौतीपूर्ण रहेको विभागले जनाएको छ ।

 

सडक विभागले निर्माण कार्य सहज रूपमा अघि बढाउन आवश्यक सहयोग गरिदिन सबै पक्षसँग आग्रह गरेको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

बालेन सरकारको ६ महिना: भारत, चीन र अमेरिकासँगको सम्बन्धमा ‘रिसेट’ कि अन्योल?

बालेन सरकारको छ महिनामा भारत, चीन र अमेरिकासँग प्रारम्भिक दूरीबाट व्यावहारिक संलग्नतातर्फ केही परिवर्तन देखिएको विश्लेषण कार्यक्रममा प्रस्तुत भयो। अबको चुनौती भनेको अन्तर्राष्ट्रिय दृश्यता र कूटनीतिक सम्पर्कलाई विद्युत् व्यापार, लगानी, प्रविधि, रोजगारी र आर्थिक अवसरमा कसरी रूपान्तरण गर्ने भन्ने देखिन्छ।

थप समाचार