- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले मकवानपुरस्थित कुलेखानी जलविद्युत् आयोजनाको बाँधको शनिबार निरीक्षण गरेका छन् ।
काठमाडौं : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले मकवानपुरस्थित कुलेखानी जलविद्युत् आयोजनाको बाँधको शनिबार निरीक्षण गरेका छन् । पछिल्लो ८ देखि १२ असोजसम्मको भारी वर्षाले बाँधको पानीको सतह सतर्कता तहमा पुगेपछि मन्त्री श्रेष्ठले स्थलगत निरीक्षण गरेका हुन् ।
निरीक्षणका क्रममा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठसहितका अधिकारीले बाँधको अवस्थाबारे मन्त्री श्रेष्ठलाई जानकारी गराएका थिए । मन्त्री श्रेष्ठले कुलेखानी बाँध सुरक्षित र अहिले अवस्था सामान्य रहेको बताएका छन् ।
उनका अनुसार भारी वर्षाका क्रममा बाँधको पानीको सतह व्यवस्थापन, चौबीसै घण्टा निगरानी तथा तल्लो तटीय क्षेत्रमा सूचना प्रवाह गरी आवश्यक सतर्कता अपनाइएको थियो । अहिले बाँध स्थिर र सुरक्षित अवस्थामा रहेको उनले बताए ।
मन्त्री श्रेष्ठले अविरल वर्षाका कारण विभिन्न जलविद्युत् आयोजना तथा प्रसारण संरचनामा क्षति पुगेको र त्यसको प्रभाव कुलेखानीमा समेत परेको बताए । कुलेखानी जलविद्युत् केन्द्र नेपालको विद्युत् प्रणालीको मुख्य ‘ब्याकअप’का रूपमा रहेकाले पानीको सतह सतर्कता तहमा पुग्दा विद्युत् आपूर्ति व्यवस्थापनमा समेत दबाब सिर्जना भएको उनको भनाइ छ ।
स्थलगत अध्ययनपछि जलाशयमा पर्याप्त पानी रहेकाले आगामी सुख्खा मौसममा विद्युत् आपूर्ति व्यवस्थापनमा थप सहज हुने विश्वास बढेको मन्त्री श्रेष्ठले बताए। ऊर्जा सुरक्षालाई बलियो बनाउँदै भरपर्दो, नियमित र गुणस्तरीय विद्युत् आपूर्ति सुनिश्चित गर्न सरकार सक्रिय रहेको उनले बताए ।
प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले कुलेखानी विद्युत् प्रणालीको मेरुदण्डका रूपमा रहेको बताए । उनका अनुसार कुलेखानीले विद्युत्को उच्च माग हुने समयमा आपूर्ति व्यवस्थापन तथा प्रणाली सञ्चालनमा महत्वपूर्ण योगदान गर्दै आएको छ । उनले पनि बाँधको वर्तमान अवस्था सामान्य रहेको जानकारी दिए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
ऊर्जा मन्त्री श्रेष्ठद्वारा कुलेखानी बाँधको निरीक्षण
-
ट्रम्प टिममा पत्रकारको इन्ट्री, हार्मनी बनिन् ह्वाइटहाउसकी प्रवक्ता
-
काँग्रेस महाधिवेशन प्रतिनिधिको दर्ता प्रक्रिया शुरु
-
कांग्रेस महामन्त्रीमा लड्ने सुनिलकुमार शर्माको घोषणा
-
देउवा समूहको दाबी- गगनकाे अधिवेशनमा सहभागीहरू पनि गल्ती भएछ भन्दै हामीतिर खुल्दैछन्
धेरै पढिएको
विशेष
बालेन सरकारको ६ महिना: भारत, चीन र अमेरिकासँगको सम्बन्धमा ‘रिसेट’ कि अन्योल?
बालेन सरकारको छ महिनामा भारत, चीन र अमेरिकासँग प्रारम्भिक दूरीबाट व्यावहारिक संलग्नतातर्फ केही परिवर्तन देखिएको विश्लेषण कार्यक्रममा प्रस्तुत भयो। अबको चुनौती भनेको अन्तर्राष्ट्रिय दृश्यता र कूटनीतिक सम्पर्कलाई विद्युत् व्यापार, लगानी, प्रविधि, रोजगारी र आर्थिक अवसरमा कसरी रूपान्तरण गर्ने भन्ने देखिन्छ।