- काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालयका कक्षा ९ मा अध्ययनरत ४ सय छात्रालाई आत्मरक्षासम्बन्धी दुईदिने तालिम दिने भएको छ ।
काठमाडौँ : काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालयका कक्षा ९ मा अध्ययनरत ४ सय छात्रालाई आत्मरक्षासम्बन्धी दुईदिने तालिम दिने भएको छ ।
हिंसा पहिचान गर्न र जोखिमको अवस्थामा आफूलाई जोगाउन सक्ने सीप प्रदान गर्नु तालिमको उद्देश्य रहेको महानगरको शिक्षा विभागले जनाएको छ ।
महानगरभित्रका १० विद्यालयबाट ४०–४० जना छात्रा तालिममा सहभागी हुनेछन् । शिवपुरी, जनकल्याण, रत्नराज्य, विश्व निकेतन, ज्ञानोदय, जनपथ, जनजागृति ज्ञानरश्मि, तरुण, कन्या र पद्मकन्या विद्याश्रम माध्यमिक विद्यालयमा तालिम सञ्चालन हुनेछ ।
प्रशिक्षक सञ्जु महर्जनका अनुसार छात्रालाई गलत नियतले गरिएको स्पर्श वा हेराइ पहिचान गर्न र आक्रमणबाट हातखुट्टाको प्रयोग गरी बच्ने तरिका सिकाइनेछ। तालिममा सैद्धान्तिकभन्दा व्यावहारिक अभ्यासलाई प्राथमिकता दिइनेछ ।
कार्यक्रमको प्रभावकारिता मूल्याङ्कनपछि क्रमशः सबै विद्यार्थीलाई तालिम दिने योजना रहेको परीक्षा तथा कार्यक्रम महाशाखा प्रमुख सुशील सुवेदीले बताए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
एआईको अत्यधिक प्रयोगले सोच्ने, बुझ्ने र तर्क गर्ने क्षमतामा असर
एआईले केही सेकेन्डमै जटिल प्रश्नको उत्तर र समस्याको समाधान दिन थालेपछि विशेषगरी विद्यार्थीमा आफ्नै दिमाग लगाएर सोच्ने तथा विश्लेषण गर्ने अभ्यास घट्दै गएको उनीहरूको निष्कर्ष छ ।