मुग्लिन–पोखरा सडकको पश्चिम खण्डको काम अन्तिम चरणमा

१३ असोज, २०८३, मगलवार
सारांश
  • मुग्लिन–पोखरा सडक आयोजनाको जामुने–पोखरा पश्चिम खण्डको निर्माण आगामी नोभेम्बरभित्र सक्ने लक्ष्य राखिएको छ ।

काठमाडौँ : मुग्लिन–पोखरा सडक आयोजनाको जामुने–पोखरा पश्चिम खण्डको निर्माण आगामी नोभेम्बरभित्र सक्ने लक्ष्य राखिएको छ ।

 

विद्युत् पोल सार्ने, मादी पुलको पहुँच मार्गका लागि जग्गा प्राप्त गर्ने र दमौली डिभिजन कार्यालय स्थानान्तरण गर्ने समस्या समाधान भएपछि निर्माणले गति लिएको पूर्वाधार विकास मन्त्रालयले जनाएको छ ।

 

३८.४१ किलोमिटर लामो पश्चिम खण्डमा मुख्य चार लेन सडक र पुललगायतका प्रमुख संरचनाको निर्माण सकिएको र कुल ३८ किलोमिटर सर्भिस लेनमध्ये करिब ३२ किलोमिटर बनेको छ । त्यस्तै फुटपाथ र बाँकी करिब ६ किलोमिटर सर्भिस लेनको काम नोभेम्बरभित्र पूरा गर्ने लक्ष्य रहेको मन्त्रालयले जनाएको छ ।

 

३१० मिटर लामो मादी आर्क पुलको संरचना बनिसकेको छ। पुलको फिनिसिङ र पहुँच सडक निर्माण बाँकी छ । १९० मिटर लामो सेती पुलको करिब ७० प्रतिशत काम पूरा भएको र बाँकी काम आगामी अप्रिलसम्म सक्ने तालिका रहेको छ ।

 

आयोजनाको आबुखैरेनी–जामुने पूर्वी खण्डको निर्माण सम्पन्न भइसकेको छ भने सडक सुरक्षाका लागि जोखिमयुक्त पहिरो रोकथामसम्बन्धी थप अध्ययन र ठेक्का प्रक्रिया अघि बढाइएको मन्त्रालयले जानकारी दिएको छ ।

 

मुग्लिन–आबुखैरेनी खण्डको करिब आठ किलोमिटरमध्ये चार किलोमिटर सडक मर्स्याङ्दी नदीपारिबाट बनाउने ठेक्का प्रक्रिया पनि सुरु गरिएको मन्त्रालयले जनाएको छ ।

 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

एआईको अत्यधिक प्रयोगले सोच्ने, बुझ्ने र तर्क गर्ने क्षमतामा असर

एआईले केही सेकेन्डमै जटिल प्रश्नको उत्तर र समस्याको समाधान दिन थालेपछि विशेषगरी विद्यार्थीमा आफ्नै दिमाग लगाएर सोच्ने तथा विश्लेषण गर्ने अभ्यास घट्दै गएको उनीहरूको निष्कर्ष छ ।

थप समाचार