प्रधानमन्त्री रोजगार कार्यक्रमको रकम हिनामिना आरोपमा १० जनाविरुद्ध मुद्दा
१३ असोज, २०८३, मगलवार
- लमजुङको राइनास नगरपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रमको अनुदान र सरकारी सामान हिनामिना गरेको आरोपमा तत्कालीन रोजगार संयोजकसहित १० जनाविरुद्ध विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।
काठमाडौँ : लमजुङको राइनास नगरपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रमको अनुदान र सरकारी सामान हिनामिना गरेको आरोपमा तत्कालीन रोजगार संयोजकसहित १० जनाविरुद्ध विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अभियोगपत्रअनुसार आर्थिक वर्ष २०७६/७७ मा कार्यक्रम सञ्चालनका लागि संघीय सरकारले नगरपालिकालाई १६ लाख ७२ हजार रुपैयाँ सशर्त अनुदान दिएको थियो। उक्त रकम कार्यक्रम सञ्चालन नगरी फिर्ता गर्नुपर्नेमा तत्कालीन रोजगार संयोजक शेखरनाथ न्यौपानेले पेश्की लिएर अन्य प्रतिवादीका खातामा जम्मा गरेको र रकम हालसम्म फर्छ्योट नभएको आरोप छ ।
न्यौपानेमाथि नगरपालिकाबाट बुझेका एक ल्यापटप, एक प्रिन्टर र एक क्यामेरा पनि फिर्ता नगरेको आरोप लगाइएको छ। ती सामानको मूल्य १ लाख ६७ हजार २५६ रुपैयाँ रहेको अभियोगपत्रमा उल्लेख छ । आयोगले न्यौपानेविरुद्ध १८ लाख ३९ हजार बिगो कायम गरेको छ ।
त्यस्तै प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र अधिकारी, लेखापाल नवीनकुमार बराल तथा विभिन्न वडाका तत्कालीन अध्यक्ष र एक वडा सदस्य पनि प्रतिवादी छन् । उनीहरूविरुद्धको बिगो रकम ८२ हजार ५० रुपैयाँदेखि १६ लाख ७२ हजार रुपैयाँसम्म कायम गरी बिगोबराबर जरिवाना, कैद र रकम असुलउपरको मागदाबी गरिएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
चोलेन्द्रलाई पक्राउ गरिएको होइन- मन्त्री पोखरेल
-
मुग्लिन–पोखरा सडकको पश्चिम खण्डको काम अन्तिम चरणमा
-
मौसम पूर्वानुमान महाशाखाले भन्यो- असोज १७ देखि भीषण वर्षा हुन्छ भन्ने हल्ला भ्रामक
-
प्रधानमन्त्री रोजगार कार्यक्रमको रकम हिनामिना आरोपमा १० जनाविरुद्ध मुद्दा
-
नेप्सेमा आजपनि गिरावट, ४ अर्ब ६५ करोडको कारोबार
धेरै पढिएको
विशेष
एआईको अत्यधिक प्रयोगले सोच्ने, बुझ्ने र तर्क गर्ने क्षमतामा असर
एआईले केही सेकेन्डमै जटिल प्रश्नको उत्तर र समस्याको समाधान दिन थालेपछि विशेषगरी विद्यार्थीमा आफ्नै दिमाग लगाएर सोच्ने तथा विश्लेषण गर्ने अभ्यास घट्दै गएको उनीहरूको निष्कर्ष छ ।