- आज प्रतिनिधि सभा अन्तर्गतका अर्थ समिति र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दैछ भने राष्ट्रिय सभा अन्तर्गतका विकास, आर्थिक मामिला तथा सुशासन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दैछ ।
काठमाण्डौ, ०६ असोज । आज संघीय संसदका चार समितिको बैठक बस्दैछ ।
आज प्रतिनिधि सभा अन्तर्गतका अर्थ समिति र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दैछ भने राष्ट्रिय सभा अन्तर्गतका विकास, आर्थिक मामिला तथा सुशासन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दैछ ।
आज बिहान १० बजेदेखि शुरु हुने अर्थ समितिको बैठकमा अर्थ सम्बन्धी केही नेपाल कानूनलाई संशोधन र खारेज गर्न बनेको विधेयकमाथि सैद्दान्तिक छलफल र उक्त विधेयकमाथि संशोधन प्रस्ताव दर्ता गराउने संशोधनकर्ता सदस्यहरुसँग छलफलको कार्यसूची रहेको छ ।
त्यसैगरी, बिहान १० बजे नै शुरु हुने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमाराष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ मस्यौदा प्रतिवेदन माथि छलफलको कार्यसूची रहेको छ ।
त्यस्तै, विहान ११: १५ बजेदेखि शुरु हुने राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा नेपालमा(स्वदेशी र बैदेशिक एवं निजी र सार्वजनिक)लगानीको अवस्था, जलवायु परिवर्तनको असर र लगानीको वातावरणमा परेको प्रभाव, राष्ट्रिय तथा प्रादेशिक स्तरमा गरिने लगानी सम्मेलनको व्यवस्थापन, उपयुक्त लगानी वातावरण बनाउन आवश्यक नीतिगत एवं कानूनमा गर्नुपर्ने सुधारको विषयमा छलफलको कार्यसूची रहेको छ ।
त्यसैगरी, बिहान ११: ३० बजेदेखि शुरु हुने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा पुस्तकालय नीतिको मस्यौदा सम्बन्धमा विज्ञहरूसँग छलफलको कार्यसूची रहेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
अफ्रिकी जंगली कुकुरको चार हजार किलोमिटरको कीर्तिमानी यात्रा !
अफ्रिकी जंगली कुकुरको एउटा समूहले जाम्बियामा करिब ४ हजार किलोमिटरको कीर्तिमानी यात्रा गरेको छ । वैज्ञानिकहरूका अनुसार यो अफ्रिकाको कुनै पनि स्थल स्तनधारीले जोडीको खोजीमा गरेको अहिलेसम्मकै सबैभन्दा लामो यात्रा हो ।