परराष्ट्रमन्त्री खनाल र भुटानी प्रधानमन्त्री तोब्गेबीच भेटवार्ता

२०८३ असोज ०६ मङ्गलवार
सारांश
  • भेटमा दुवै देशबीचको मैत्रीपूर्ण र सहकार्यपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा विचार आदानप्रदान भएको थियो । साथै जलवायु परिवर्तनका कारण बढ्दै गएको विपद्को आवृत्ति र तीव्रताबारे पनि छलफल भएको थियो ।

काठमाण्डौ, ०६ असोज । परराष्ट्रमन्त्री शिशिर खनालले भुटानका प्रधानमन्त्री छिरिङ तोब्गेसँग भेटवार्ता गरेका छन् ।

 

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुने क्रममा भएको भेटमा नेपाल–भुटान सम्बन्धका विभिन्न पक्षबारे छलफल भएको हो ।

 

भेटमा दुवै देशबीचको मैत्रीपूर्ण र सहकार्यपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा विचार आदानप्रदान भएको थियो । साथै जलवायु परिवर्तनका कारण बढ्दै गएको विपद्को आवृत्ति र तीव्रताबारे पनि छलफल भएको थियो ।

 

नेपाल र भुटान दुवै हिमाली मुलुक भएकाले जलवायु परिवर्तनका असर न्यूनीकरण तथा जलवायुजन्य विपद्को सामना गर्न आपसी सहकार्य थप बलियो बनाउनुपर्नेमा दुवै पक्षले जोड दिएका छन् ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

अफ्रिकी जंगली कुकुरको चार हजार किलोमिटरको कीर्तिमानी यात्रा !

अफ्रिकी जंगली कुकुरको एउटा समूहले जाम्बियामा करिब ४ हजार किलोमिटरको कीर्तिमानी यात्रा गरेको छ । वैज्ञानिकहरूका अनुसार यो अफ्रिकाको कुनै पनि स्थल स्तनधारीले जोडीको खोजीमा गरेको अहिलेसम्मकै सबैभन्दा लामो यात्रा हो ।

थप समाचार