ज्ञानेन्द्र शाहीको प्रश्न- राजदुत सिफारिसमा आफ्नै मापदण्ड किन पालना नगरेको ?
५ असोज, २०८३, सोमवार
- साथै शाहीले मापदण्ड विपरित भएका सिफारिस बारे जवाफ दिन माग गरेका छन् ।
काठमाडौं: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले राजदुत नियुक्तिमा सरकारले आफैले बनाएको मापदण्ड पालना नगरेको आरोप लगाएका छन् ।
प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै सांसद शाहीले सरकारले हालै सिफारिस गरेका राजदुतहरु विभिन्न विकास साझेदार र आइएनजीओमा काम गरिरहेका रहेको उल्लेख गर्दै सरकारले आफैले बनाएको मापदण्ड पालना नगरेको आरोप लगाएका हुन् ।
उनले अमेरिकाका लागि प्रस्तावित राजदुत चिरंजन थापा अक्सफाममा, स्पेनका लागि प्रस्तावित राजदुत प्राप्त शेरचन विश्ववैंक अन्तर्गतको संस्थामा, जर्मनीका लागि प्रस्तावित राजदुत सारुल जोशी, युएन यूमन लगायतमा काम गरेको त्यस्तै अन्य प्रस्तावित राजदुत पनि विदेशी संस्था आइएनजीओमा काम गरेको पाइएको बताए ।
उनले यो सुशासन होइन कुशासन भएको बताउदै सरकारले आफैले बनाएको मापदण्ड किन पालना गर्न सकेन भन्दै प्रश्न गरेका छन् । साथै शाहीले मापदण्ड विपरित भएका सिफारिस बारे जवाफ दिन माग गरेका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
अफ्रिकी जंगली कुकुरको चार हजार किलोमिटरको कीर्तिमानी यात्रा !
अफ्रिकी जंगली कुकुरको एउटा समूहले जाम्बियामा करिब ४ हजार किलोमिटरको कीर्तिमानी यात्रा गरेको छ । वैज्ञानिकहरूका अनुसार यो अफ्रिकाको कुनै पनि स्थल स्तनधारीले जोडीको खोजीमा गरेको अहिलेसम्मकै सबैभन्दा लामो यात्रा हो ।