प्रधानसेनापतिद्वारा चार सैनिक अधिकृतलाई दर्ज्यानी चिह्न प्रदान

६ असोज, २०८३, मगलवार
सारांश
  • सहायक रथीमा पदोन्नति भएका महासेनानी मदन जङ्ग राणा र प्राविधिक महासेनानी भरतलाल श्रेष्ठलाई पनि सोही अवसरमा दर्ज्यानी चिह्न प्रदान गरिएको छ ।

काठमाडौं: प्रधानसेनापति अशोकराज सिग्देलले नेपाली सेनाका चार अधिकृतलाई पदोन्नतिपछि दर्ज्यानी चिह्न प्रदान गरेका छन् ।

 

भदौ ३१ गते उपरथीमा पदोन्नति भएका सहायक रथी सोबेन्द्र सिंह महत र प्रकाश थापालाई मंगलबार जङ्गी अड्डामा आयोजित कार्यक्रममा प्रधानसेनापति सिग्देलले दर्ज्यानी चिह्न प्रदान गरेका हुन् ।

 

यस्तै, सहायक रथीमा पदोन्नति भएका महासेनानी मदन जङ्ग राणा र प्राविधिक महासेनानी भरतलाल श्रेष्ठलाई पनि सोही अवसरमा दर्ज्यानी चिह्न प्रदान गरिएको छ ।

 

कार्यक्रममा नेपाली सेनाका रथीवृन्द, अधिकृत तथा पदोन्नति भएका अधिकृतका परिवारजनको उपस्थिति रहेको नेपाली सेनाले जानकारी दिएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

अफ्रिकी जंगली कुकुरको चार हजार किलोमिटरको कीर्तिमानी यात्रा !

अफ्रिकी जंगली कुकुरको एउटा समूहले जाम्बियामा करिब ४ हजार किलोमिटरको कीर्तिमानी यात्रा गरेको छ । वैज्ञानिकहरूका अनुसार यो अफ्रिकाको कुनै पनि स्थल स्तनधारीले जोडीको खोजीमा गरेको अहिलेसम्मकै सबैभन्दा लामो यात्रा हो ।

थप समाचार