- आइतबार बिहान जनकपुरधाममा सञ्चारकर्मीसँग भेटघाट गर्दै सांसद सिंहले छठ पर्वको भोलिपल्ट जनकपुरधामबाट मेची-महाकाली पद यात्रा गर्ने घोषणा गरेका हुन् ।
जनकपुरधाम: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. अमरेश कुमार सिंहले मेची-महाकाली पदयात्रा गर्ने घोषणा गरेका छन् ।
आइतबार बिहान जनकपुरधाममा सञ्चारकर्मीसँग भेटघाट गर्दै सांसद सिंहले छठ पर्वको भोलिपल्ट जनकपुरधामबाट मेची-महाकाली पद यात्रा गर्ने घोषणा गरेका हुन् ।
उनले भने- 'छठ पर्वको अर्कोदिन मेची नदीको किनार पुगेर त्यहाँको माटो पनि र बालुवा मिलाएर एउटा गाग्रीमा राखेर लगेर महाकालीमा ठ्याक्कै माघे संक्रान्तिको दिन जौ तिल राखेर समर्पित गर्छु ।'
पदयात्राको बारेमा पार्टीलाई जानकारी गराएको बताउदै आफु सिमित दायरामा बस्ने व्यक्ति नभएको धारणा राखे । उनले पदयात्रामा आफु कम बोल्ने र जनताको कुरा बढी सुन्ने बताउदै दैनिक पाँच घण्टा हिड्ने र ७ घण्टा जनताको कुरा सुन्ने उल्लेख गरे ।
पार्टीमा आफुले कुनै गुटको राजनीति नगर्ने बताउदै आफुले अहिले मधेशीको पक्षमा अवाज उठाएको बताए । उनले भने- 'म गुटबन्दीको विरोधमा छु, म गुटमा छु देश र जनताको गुटमा छु, मधेशको समृद्धि र सहभागिताको गुटमा छु, मेरो गुट छ, गुट बिना त राजनीति नै हुदैन । मधेशी अनुहार मात्र मागेको होइन सहभागिता पनि चाहियो भनेको हो ।'
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
अफ्रिकी जंगली कुकुरको चार हजार किलोमिटरको कीर्तिमानी यात्रा !
अफ्रिकी जंगली कुकुरको एउटा समूहले जाम्बियामा करिब ४ हजार किलोमिटरको कीर्तिमानी यात्रा गरेको छ । वैज्ञानिकहरूका अनुसार यो अफ्रिकाको कुनै पनि स्थल स्तनधारीले जोडीको खोजीमा गरेको अहिलेसम्मकै सबैभन्दा लामो यात्रा हो ।