अर्थमन्त्री डा. वाग्ले र भारतीय विदेश सचिव मिश्रीबीच भेटवार्ता

१८ कार्तिक, २०८३
सारांश
  • अर्थमन्त्री डा.स्वर्णिम वाग्ले र नेपाल भ्रमणमा रहेका भारतका विदेश सचिव विक्रम मिश्रीबीच भेटवार्ता भएको छ ।

काठमाडौं : अर्थमन्त्री डा.स्वर्णिम वाग्ले र नेपाल भ्रमणमा रहेका भारतका विदेश सचिव विक्रम मिश्रीबीच भेटवार्ता भएको छ । 

 

बुधबार अर्थमन्त्री डा.वाग्ले र विदेश सचिव मिश्रीबीच अर्थ मन्त्रालयमा भेटवार्ता भएको हो ।

 

भेटमा उनीहरूले दुई देशबीच आर्थिक सहकार्यका विभित्र विषयमा छलफल गरे। भेटमा  अर्थसचिव डा.घनश्याम उपाध्यायसहित परराष्ट्र मन्त्रालय र मन्त्रालयका अधिकारीहरू सहभागी थिए ।

 

आजै आफ्नो दुई दिने नेपाल भ्रमणका लागि काठमाडौँ आइपुगेका मिश्रीले यसअघि परराष्ट्र मन्त्री शिशिर खनाल र परराष्ट्र सचिव अमृत बहादुर राईसँग भेटवार्ता गरेका थिए ।

 

मिश्रीले विहिबार स्वदेश फर्किनु अघि प्रधामन्त्री बालेन्द्र शाहसँग भेटवार्ता गर्ने कार्यसुची रहेको छ । 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

न्यायालय विवादमा पहिला अनुसन्धान की सिधै महाभियोग !

बिचौलिया इनम सापकोटा र सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाँलबीच विचाराधीन मुद्दाका विषयमा ह्वाट्सएपमार्फत कुराकानी भएको विवरण सार्वजनिक भएपछि विवाद थप चर्किएको हो ।

थप समाचार