आज विश्व ओजोन तह दिवस मनाइँदै

२०८३ भाद्र ३१ बुधवार
सारांश
  • ‘चिसो पृथ्वीका लागि विश्वव्यापी प्रयास : मोन्ट्रियल प्रोटोकलको किगाली संशोधनअन्तर्गत दिगो शीतलीकरणका १० वर्षको उत्सव’ नारासहित यस बर्षको विश्व ओजोन तह दिवस मनाइँदैछ ।

काठमाण्डौ, ३१ भाद्र । आज विश्व ओजोन तह दिवस विश्वभर विभिन्न कार्यक्रम गरि मनाइँदैछ ।

 

‘चिसो पृथ्वीका लागि विश्वव्यापी प्रयास : मोन्ट्रियल प्रोटोकलको किगाली संशोधनअन्तर्गत दिगो शीतलीकरणका १० वर्षको उत्सव’ नारासहित यस बर्षको विश्व ओजोन तह दिवस मनाइँदैछ ।

 

सन् १९८७ सेप्टेम्बर १६ मा विश्वका २४ वटा राष्ट्रले ओजोन विनासका हानिकारक तत्वहरूको उत्पादनमा कमी ल्याउने मोन्ट्रेयल सम्झौतामा हस्ताक्षर गरेको दिनको स्मरण गर्दै यो दिवस मनाइने गरिन्छ । यो दिवस सन् १९९५ देखि मनाउन थालिएको हो । ओजोन तह दिवस मनाउन थालिएको ३० बर्ष भयो तर यसवीचमा ओजोन तह संरक्षणको सवालमा खासै महत्वपूर्ण काम भएको छैन ।

 

ओजोन तहको विनास गर्ने हानिकारक तत्वहरूमा क्लोरोफ्लोरोकार्व, कार्बनडाइ अक्साइडलगायत अन्य विभिन्न ९४ वटा रसायन पर्छन् । तर तीनको प्रयोगमा कमी ल्याउनुको साटो झनै बृद्धि भएको पाइएको छ । ओजोन तहको विनासकै कारण जलवायु परिवर्तनको नकारात्मक असरसँगै बर्सेनी तापक्रम वृद्धि भइरहेको छ ।

 

पृथ्वीको वातावरणीय तहमाथि करिब १५ देखि ३० किमिमाथि रहेको ओजोन एउटा रक्षात्मक कवज हो । यसले सूर्यका हानिकारक किरण पृथ्वीमा प्रत्यक्ष प्रवेश गर्न रोक लगाउँछ । मानवका अप्राकृतिक क्रियाकलाप तथा वन, वातावरणीय विनाश, जल, वायु तथा विविध प्रदुषण, अव्यवस्थित सहरीकरण तथा औद्योगिकीकरण, रासायनिक पदार्थको बढ्दो प्रयोगले ओजोन तहमा प्वाल परेको छ । यसले पृथ्वीको तापक्रम वृद्धि र जलवायु परिवर्तनमा टेवा पुर्याइरहेको छ ।

 

तर विश्वका कुनैपनि देशले तापमानमा कमी ल्याउने कुनैपनि प्रकारको गतिविधि सञ्चालन गर्न सकिरहेका छैनन । ओजोन तह दिवस मनाउँदै गर्दा विश्वमै बढ्दो तापमान मूख्य चुनौतिका रूपमा देखिएको छ । 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

सामुदायिक क्याम्पसको सङ्कट: रूपनगर क्याम्पसले उठाएका प्रश्न

प्रा. गजुरेलले निजी क्याम्पसले अनुचित अभ्यास (कमिसन/सेटिङ) गरेर विद्यार्थी तान्ने गरेको आरोप लगाएका छन्। यो गम्भीर आरोप हो, र यसको समाधान क्याम्पसका सञ्चालकको गुनासोले होइन, विश्वविद्यालय र आयोगको नियमन तथा प्रमाणित तथ्यले गर्नुपर्छ।

थप समाचार