आज विश्व ओजोन तह दिवस मनाइँदै

२०८३ भाद्र ३१ बुधवार
सारांश
  • ‘चिसो पृथ्वीका लागि विश्वव्यापी प्रयास : मोन्ट्रियल प्रोटोकलको किगाली संशोधनअन्तर्गत दिगो शीतलीकरणका १० वर्षको उत्सव’ नारासहित यस बर्षको विश्व ओजोन तह दिवस मनाइँदैछ ।

काठमाण्डौ, ३१ भाद्र । आज विश्व ओजोन तह दिवस विश्वभर विभिन्न कार्यक्रम गरि मनाइँदैछ ।

 

‘चिसो पृथ्वीका लागि विश्वव्यापी प्रयास : मोन्ट्रियल प्रोटोकलको किगाली संशोधनअन्तर्गत दिगो शीतलीकरणका १० वर्षको उत्सव’ नारासहित यस बर्षको विश्व ओजोन तह दिवस मनाइँदैछ ।

 

सन् १९८७ सेप्टेम्बर १६ मा विश्वका २४ वटा राष्ट्रले ओजोन विनासका हानिकारक तत्वहरूको उत्पादनमा कमी ल्याउने मोन्ट्रेयल सम्झौतामा हस्ताक्षर गरेको दिनको स्मरण गर्दै यो दिवस मनाइने गरिन्छ । यो दिवस सन् १९९५ देखि मनाउन थालिएको हो । ओजोन तह दिवस मनाउन थालिएको ३० बर्ष भयो तर यसवीचमा ओजोन तह संरक्षणको सवालमा खासै महत्वपूर्ण काम भएको छैन ।

 

ओजोन तहको विनास गर्ने हानिकारक तत्वहरूमा क्लोरोफ्लोरोकार्व, कार्बनडाइ अक्साइडलगायत अन्य विभिन्न ९४ वटा रसायन पर्छन् । तर तीनको प्रयोगमा कमी ल्याउनुको साटो झनै बृद्धि भएको पाइएको छ । ओजोन तहको विनासकै कारण जलवायु परिवर्तनको नकारात्मक असरसँगै बर्सेनी तापक्रम वृद्धि भइरहेको छ ।

 

पृथ्वीको वातावरणीय तहमाथि करिब १५ देखि ३० किमिमाथि रहेको ओजोन एउटा रक्षात्मक कवज हो । यसले सूर्यका हानिकारक किरण पृथ्वीमा प्रत्यक्ष प्रवेश गर्न रोक लगाउँछ । मानवका अप्राकृतिक क्रियाकलाप तथा वन, वातावरणीय विनाश, जल, वायु तथा विविध प्रदुषण, अव्यवस्थित सहरीकरण तथा औद्योगिकीकरण, रासायनिक पदार्थको बढ्दो प्रयोगले ओजोन तहमा प्वाल परेको छ । यसले पृथ्वीको तापक्रम वृद्धि र जलवायु परिवर्तनमा टेवा पुर्याइरहेको छ ।

 

तर विश्वका कुनैपनि देशले तापमानमा कमी ल्याउने कुनैपनि प्रकारको गतिविधि सञ्चालन गर्न सकिरहेका छैनन । ओजोन तह दिवस मनाउँदै गर्दा विश्वमै बढ्दो तापमान मूख्य चुनौतिका रूपमा देखिएको छ । 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

ब्रिक्स के हो, यसमा कुन कुन देश छन् ?

ब्रिक्स नाम सुरुमा ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिकाका अंग्रेजी नामका पहिलो अक्षरबाट बनेको थियो । सन् २००१ मा अर्थशास्त्री जिम ओ’निलले ‘ब्रिक’ शब्द प्रयोग गरेका थिए । सन् २०१० मा दक्षिण अफ्रिका समूहमा जोडिएपछि यसको नाम ‘ब्रिक्स’ भएको थियो ।

थप समाचार