- नयाँ एआई मोडल जीपीटी–५.६ र एस्ट्राको सार्वजनिकपछि कम्पनीको आम्दानी वृद्धिमा गति आएको छ।
काठमाडौं: च्याटजीपीटी निर्माता ओपनएआईले प्रस्तावित प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) अघि १.२ ट्रिलियन डलरको मूल्याङ्कनमा नयाँ निजी लगानी जुटाउने विषयमा लगानीकर्तासँग प्रारम्भिक छलफल गरेको छ।
फाइनान्सियल टाइम्सका अनुसार कम्पनीले मार्चमा ८५२ अर्ब डलरको मूल्याङ्कनमा १२२ अर्ब डलर जुटाएको थियो। नयाँ लगानीबाट कम्पनीको मूल्य करिब १.२ ट्रिलियन डलर पुग्ने अपेक्षा गरिएको छ। यद्यपि, छलफल प्रारम्भिक चरणमा रहेकाले रकम परिवर्तन हुन सक्ने जनाइएको छ।
ओपनएआईका प्रमुख कार्यकारी अधिकृत साम अल्टम्यानले कम्पनीको आईपीओ सन् २०२७ अघि हुने सम्भावना कम रहेको बताएका छन्। थप निजी लगानीले सफ्टबैंक र थ्राइभ क्यापिटलजस्ता लगानीकर्तालाई आफ्नो लगानी बढाउने अवसर दिनेछ।
नयाँ एआई मोडल जीपीटी–५.६ र एस्ट्राको सार्वजनिकपछि कम्पनीको आम्दानी वृद्धिमा गति आएको छ। गत महिना ओपनएआईको वार्षिकीकृत आम्दानी ४० अर्ब डलर नाघेको बताइएको छ।
यसैबीच, प्रतिस्पर्धी एन्थ्रोपिकको मूल्याङ्कन ९६५ अर्ब डलर पुगेको छ। एन्थ्रोपिक अक्टोबरमै आईपीओमा जान सक्ने र त्यसबेला यसको मूल्याङ्कन करिब २ ट्रिलियन डलर पुग्ने अपेक्षा गरिएको छ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
ब्रिक्स के हो, यसमा कुन कुन देश छन् ?
ब्रिक्स नाम सुरुमा ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिकाका अंग्रेजी नामका पहिलो अक्षरबाट बनेको थियो । सन् २००१ मा अर्थशास्त्री जिम ओ’निलले ‘ब्रिक’ शब्द प्रयोग गरेका थिए । सन् २०१० मा दक्षिण अफ्रिका समूहमा जोडिएपछि यसको नाम ‘ब्रिक्स’ भएको थियो ।