एमसीसी अन्तर्गत १८ किलोमिटर प्रशारण लाइनको निर्माण सम्पन्न

२८ भाद्र, २०८३, आइतवार
सारांश
  • न्यू बुटवलस्थित ४०० केभी क्षमताको सबस्टेसनदेखि नेपाल–भारत सीमासम्मको उक्त खण्ड निर्धारित समयमै निर्माण सम्पन्न गरिएको हो। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको आग्रहअनुसार निर्माण कार्यलाई तीव्रता दिइएको एमसीए–नेपालले जनाएको छ ।

काठमाडौँ: मिलेनियम च्यालेन्ज सम्झौताअन्तर्गत मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति (एमसीए-नेपाल) ले नेपाल–भारत सीमासम्म जोडिने सीमापार विद्युत् प्रसारण लाइनको नेपालतर्फको १८ किलोमिटर खण्ड निर्माण सम्पन्न गरेको छ ।

 

न्यू बुटवलस्थित ४०० केभी क्षमताको सबस्टेसनदेखि नेपाल–भारत सीमासम्मको उक्त खण्ड निर्धारित समयमै निर्माण सम्पन्न गरिएको हो। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको आग्रहअनुसार निर्माण कार्यलाई तीव्रता दिइएको एमसीए–नेपालले जनाएको छ ।

 

निर्माण सम्पन्न भएपछि नेपालतर्फको सीमापार प्रसारण लाइनअन्तर्गत एमसिए–नेपालले गर्नुपर्ने मुख्य निर्माण कार्य पूरा भएको छ । अब नेपाल–भारत सीमापार विद्युत् प्रवाहका लागि आवश्यक स्वीकृति तथा अन्य बाँकी काम अघि बढाइने बताइएको छ ।

 

कार्यक्रममा अर्थ मन्त्रालयका सचिव तथा एमसिए–नेपाल सञ्चालक समितिका अध्यक्ष घनश्याम उपाध्यायले प्रसारण लाइन निर्माण सम्पन्न हुनु नेपालको विद्युत् पूर्वाधार सुदृढीकरण र सीमापार ऊर्जा सहकार्य विस्तारका लागि महत्वपूर्ण उपलब्धि भएको बताएका थिए ।

 

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव सुनिल पौडेल र नेपाल विद्युत् प्राधिकरणका निमित्त कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले पनि समयमै निर्माण सम्पन्न भएकोमा एमसिए–नेपाललाई बधाई दिएका थिए । एमसीए–नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्टले सरकारको आग्रहअनुसार आवश्यक स्रोतसाधन, निर्माण व्यवसायी र साझेदारलाई परिचालन गरी छोटो समयमै निर्माण सम्पन्न गरिएको बताएका थिए ।

 

एमसीए नेपालको विद्युत् प्रसारण आयोजनाअन्तर्गत कुल ३१५ किलोमिटर लामो उच्च क्षमताको प्रसारण लाइन र तीनवटा सबस्टेसन निर्माण गर्ने योजना रहेको छ। आयोजनाले नेपालको विद्युत् आपूर्ति तथा प्रसारण प्रणाली सुधार, ऊर्जा सुरक्षा, भविष्यमा बढ्ने विद्युत् उत्पादन र सीमापार विद्युत् व्यापारलाई सहयोग गर्ने लक्ष्य राखेको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

ब्रिक्स के हो, यसमा कुन कुन देश छन् ?

ब्रिक्स नाम सुरुमा ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिकाका अंग्रेजी नामका पहिलो अक्षरबाट बनेको थियो । सन् २००१ मा अर्थशास्त्री जिम ओ’निलले ‘ब्रिक’ शब्द प्रयोग गरेका थिए । सन् २०१० मा दक्षिण अफ्रिका समूहमा जोडिएपछि यसको नाम ‘ब्रिक्स’ भएको थियो ।

थप समाचार