एमसीसी अन्तर्गत १८ किलोमिटर प्रशारण लाइनको निर्माण सम्पन्न

२८ भाद्र, २०८३, आइतवार
सारांश
  • न्यू बुटवलस्थित ४०० केभी क्षमताको सबस्टेसनदेखि नेपाल–भारत सीमासम्मको उक्त खण्ड निर्धारित समयमै निर्माण सम्पन्न गरिएको हो। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको आग्रहअनुसार निर्माण कार्यलाई तीव्रता दिइएको एमसीए–नेपालले जनाएको छ ।

काठमाडौँ: मिलेनियम च्यालेन्ज सम्झौताअन्तर्गत मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति (एमसीए-नेपाल) ले नेपाल–भारत सीमासम्म जोडिने सीमापार विद्युत् प्रसारण लाइनको नेपालतर्फको १८ किलोमिटर खण्ड निर्माण सम्पन्न गरेको छ ।

 

न्यू बुटवलस्थित ४०० केभी क्षमताको सबस्टेसनदेखि नेपाल–भारत सीमासम्मको उक्त खण्ड निर्धारित समयमै निर्माण सम्पन्न गरिएको हो। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको आग्रहअनुसार निर्माण कार्यलाई तीव्रता दिइएको एमसीए–नेपालले जनाएको छ ।

 

निर्माण सम्पन्न भएपछि नेपालतर्फको सीमापार प्रसारण लाइनअन्तर्गत एमसिए–नेपालले गर्नुपर्ने मुख्य निर्माण कार्य पूरा भएको छ । अब नेपाल–भारत सीमापार विद्युत् प्रवाहका लागि आवश्यक स्वीकृति तथा अन्य बाँकी काम अघि बढाइने बताइएको छ ।

 

कार्यक्रममा अर्थ मन्त्रालयका सचिव तथा एमसिए–नेपाल सञ्चालक समितिका अध्यक्ष घनश्याम उपाध्यायले प्रसारण लाइन निर्माण सम्पन्न हुनु नेपालको विद्युत् पूर्वाधार सुदृढीकरण र सीमापार ऊर्जा सहकार्य विस्तारका लागि महत्वपूर्ण उपलब्धि भएको बताएका थिए ।

 

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव सुनिल पौडेल र नेपाल विद्युत् प्राधिकरणका निमित्त कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले पनि समयमै निर्माण सम्पन्न भएकोमा एमसिए–नेपाललाई बधाई दिएका थिए । एमसीए–नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्टले सरकारको आग्रहअनुसार आवश्यक स्रोतसाधन, निर्माण व्यवसायी र साझेदारलाई परिचालन गरी छोटो समयमै निर्माण सम्पन्न गरिएको बताएका थिए ।

 

एमसीए नेपालको विद्युत् प्रसारण आयोजनाअन्तर्गत कुल ३१५ किलोमिटर लामो उच्च क्षमताको प्रसारण लाइन र तीनवटा सबस्टेसन निर्माण गर्ने योजना रहेको छ। आयोजनाले नेपालको विद्युत् आपूर्ति तथा प्रसारण प्रणाली सुधार, ऊर्जा सुरक्षा, भविष्यमा बढ्ने विद्युत् उत्पादन र सीमापार विद्युत् व्यापारलाई सहयोग गर्ने लक्ष्य राखेको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

सामुदायिक क्याम्पसको सङ्कट: रूपनगर क्याम्पसले उठाएका प्रश्न

प्रा. गजुरेलले निजी क्याम्पसले अनुचित अभ्यास (कमिसन/सेटिङ) गरेर विद्यार्थी तान्ने गरेको आरोप लगाएका छन्। यो गम्भीर आरोप हो, र यसको समाधान क्याम्पसका सञ्चालकको गुनासोले होइन, विश्वविद्यालय र आयोगको नियमन तथा प्रमाणित तथ्यले गर्नुपर्छ।

थप समाचार