आज संघीय संसदका चार समितिको बैठक बस्दै

२०८३ भाद्र ३० मङ्गलवार
सारांश
  • आज बिहान १० बजेदेखि शुरु हुने अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा पर्यटन विधेयक, २०८१ का सम्बन्धमा क्यासिनो क्षेत्रका व्यवसायीहरूसँग छलफलको कार्यसूची रहेको छ ।

काठमाण्डौ, ३० भाद्र । आज संघीय संसदका चार समितिको बैठक बस्दैछ ।

 

आज प्रतिनिधि सभाका अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दैछ भने राष्ट्रिय सभाका विधायन व्यवस्थापन समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दैछ ।

 

आज बिहान १० बजेदेखि शुरु हुने अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा पर्यटन विधेयक, २०८१ का सम्बन्धमा क्यासिनो क्षेत्रका व्यवसायीहरूसँग छलफलको कार्यसूची रहेको छ  ।

 

त्यस्तै, बिहान ८ बजेदेखि शुरु हुने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा भएको मानवीय एवं भौतिक क्षति, उद्धार, राहत, पुनःस्थापना एवं पुनःनिर्माणका सम्बन्धमा शिक्षा तथा खेलकुद मन्त्रालयबाट भएका एवं भइरहेका कार्य, त्यस्ता कार्यसम्पादनका क्रममा देखा परेका समस्या तथा चुनौती र आगामी दिनमा यस सम्बन्धमा मन्त्रालयले अवलम्बन गर्ने रणनीतिका सम्बन्धमा शिक्षा मन्त्री र सचिवसँग छलफलको कार्यसूची रहेको समितिले जानकारी दिएको छ ।

 

त्यसैगरी, बिहान ११ बजे र दिउसो १ बजे बस्ने बस्ने राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठकमा संक्रामक पशु रोग नियन्त्रण विधेयक, २०८३ को प्रतिवेदन माथि छलफल र आन्तरिक वायुसेवाको दायित्व सम्बन्धी विधेयक, २०८३ माथि सैद्धान्तिक छलफलको कार्यसूची रहेको समितिले जनाएको छ ।

 

त्यस्तै, दिउसो १: १५  बजेदेखि शुरु हुने संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा समितिको वार्षिक प्रतिवेदन सम्बन्धमा छलफलको कार्यसूची रहेको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

ब्रिक्स के हो, यसमा कुन कुन देश छन् ?

ब्रिक्स नाम सुरुमा ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिकाका अंग्रेजी नामका पहिलो अक्षरबाट बनेको थियो । सन् २००१ मा अर्थशास्त्री जिम ओ’निलले ‘ब्रिक’ शब्द प्रयोग गरेका थिए । सन् २०१० मा दक्षिण अफ्रिका समूहमा जोडिएपछि यसको नाम ‘ब्रिक्स’ भएको थियो ।

थप समाचार