फाइनलमा युएईविरुद्ध नेपालले टस जितेर ब्याटिंग गर्दै

२०८३ भाद्र २७ शनिवार
सारांश
  • फाइनल खेलमा नेपालले टस जितेर पहिला ब्याटिंग गर्ने भएको छ । योसँगै युएईले पहिला बलिङ गर्ने भएको छ ।

काठमाण्डौ, २७ भाद्र । मलेसियामा जारी एसीसी प्रिमियर कपको फाइनलमा नेपाल र युएई आमने सामने हुँदैछन् ।

 

फाइनल खेलमा नेपालले टस जितेर पहिला ब्याटिंग गर्ने भएको छ । योसँगै युएईले पहिला बलिङ गर्ने भएको छ ।

 

आजको खेलमा सन्दीप लामिछाने (कप्तान), आसिफ सेख, अर्जुन कुमाल, रोहित पौडेल, दिपेन्द्र सिंह ऐरी, बसिर अहमद, सन्दीप जोरा, इशान पाण्डे, गुलशन झा, ललित राजबंशी र करण केसी खेलिरहेका छन् ।

 

नेपालले सेमिफाइनलमा ओमानलाई पराजित गरेको थियो भने युएईले हङकङ चाइनालाई पराजित गरेको थियो ।

 

नेपाल र युएईवीच अहिलेसम्म १५ एकदिवसीय खेल भएका छन् । जसमा नेपाल ९ खेल जितेको छ भने युएईले ६ खेल जितेको छ । 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

यस्तो छ आईफोनको दुई दशक लामो यात्रा

सन् २००४-०५ तिर एप्पलको कार्यालयमा एउटा अनौठो गतिविधि शुरु भएको थियो । कम्पनीका केही दक्ष इन्जिनियरहरू अचानक आफ्नो पुरानो कामबाट हट्न थाले । उनीहरूसँग काम गर्ने अन्य कर्मचारीलाई समेत उनीहरू कहाँ गए र के काम गरिरहेका छन् भन्ने थाहा थिएन ।

थप समाचार