- यस वर्ष यो दिवस आज सेप्टेम्बर १२ मा मनाइँदैछ । आपत्कालीन अवस्थामा प्राथमिक उपचारको महत्वबारे जनचेतना फैलाउने उद्देश्यले यो दिवस मनाउने गरिएको हो ।
काठमाण्डौ, २७ भाद्र । हरेक वर्ष सेप्टेम्बरको दोस्रो शनिबार विश्व प्राथमिक उपचार दिवस मनाइन्छ । यस वर्ष यो दिवस आज सेप्टेम्बर १२ मा मनाइँदैछ । आपत्कालीन अवस्थामा प्राथमिक उपचारको महत्वबारे जनचेतना फैलाउने उद्देश्यले यो दिवस मनाउने गरिएको हो ।
प्राथमिक उपचार सामान्य उपकरण र आधारभूत ज्ञानको प्रयोगबाट जोकोहीले गर्न सक्ने तत्कालीन सहयोग हो । यसले घाइते वा बिरामीको जीवन जोगाउन, अवस्था थप बिग्रन नदिन, स्वास्थ्यमा सुधार ल्याउन र स्वास्थ्य संस्थासम्म सुरक्षित रूपमा पुर्याउन महत्वपूर्ण भूमिका खेल्छ ।
यस वर्षको विश्व प्राथमिक उपचार दिवसको मुख्य विषय ‘प्रवासको अवस्थामा प्राथमिक उपचार’ रहेको छ । यसले आप्रवासी तथा विस्थापित मानिसलाई यात्राका क्रममा आवश्यक प्राथमिक उपचार र आपत्कालीन सहयोग सहज रूपमा उपलब्ध गराउनुपर्नेमा जोड दिएको छ ।
अचानक दुर्घटना वा स्वास्थ्य समस्या देखिएमा स्वास्थ्यकर्मी पुग्नुअघि वरपर रहेका व्यक्तिले दिएको प्राथमिक उपचारले जीवन जोगाउन महत्वपूर्ण भूमिका खेल्न सक्छ। त्यसैले प्राथमिक उपचारसम्बन्धी आधारभूत ज्ञान र सीप सबैमा विकास गर्नुपर्ने सन्देश यस दिवसले दिएको छ ।
विश्व प्राथमिक उपचार दिवस सन् २००० देखि हरेक वर्ष सेप्टेम्बरको दोस्रो शनिबार मनाउन थालिएको हो । आपत्कालीन अवस्थामा प्राथमिक उपचार गर्दा स्थान सुरक्षित गर्ने, घाइतेको अवस्था जाँच्ने, सहयोग माग्ने र आवश्यक प्राथमिक उपचार गर्ने चार आधारभूत चरणलाई मुख्य रूपमा अपनाउनुपर्छ ।
प्राथमिक उपचारले मानिसको जीवन जोगाउने भएकोले सवै उमेर समूह र पछाडि परेका सवै समुदायलाई प्राथमिक उपचार सीप लिन प्रेरित गर्न आजको दिनले सन्देश दिएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
यस्तो छ आईफोनको दुई दशक लामो यात्रा
-
त्रिशूली ३ए मा उद्धारमा खटिएका प्राविधिकको गुनासो- आवश्यक उपकरण उपलब्ध भएन, नभएको कामको प्रचार भयो
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
विशेष
यस्तो छ आईफोनको दुई दशक लामो यात्रा
सन् २००४-०५ तिर एप्पलको कार्यालयमा एउटा अनौठो गतिविधि शुरु भएको थियो । कम्पनीका केही दक्ष इन्जिनियरहरू अचानक आफ्नो पुरानो कामबाट हट्न थाले । उनीहरूसँग काम गर्ने अन्य कर्मचारीलाई समेत उनीहरू कहाँ गए र के काम गरिरहेका छन् भन्ने थाहा थिएन ।