- यस वर्ष यो दिवस आज सेप्टेम्बर १२ मा मनाइँदैछ । आपत्कालीन अवस्थामा प्राथमिक उपचारको महत्वबारे जनचेतना फैलाउने उद्देश्यले यो दिवस मनाउने गरिएको हो ।
काठमाण्डौ, २७ भाद्र । हरेक वर्ष सेप्टेम्बरको दोस्रो शनिबार विश्व प्राथमिक उपचार दिवस मनाइन्छ । यस वर्ष यो दिवस आज सेप्टेम्बर १२ मा मनाइँदैछ । आपत्कालीन अवस्थामा प्राथमिक उपचारको महत्वबारे जनचेतना फैलाउने उद्देश्यले यो दिवस मनाउने गरिएको हो ।
प्राथमिक उपचार सामान्य उपकरण र आधारभूत ज्ञानको प्रयोगबाट जोकोहीले गर्न सक्ने तत्कालीन सहयोग हो । यसले घाइते वा बिरामीको जीवन जोगाउन, अवस्था थप बिग्रन नदिन, स्वास्थ्यमा सुधार ल्याउन र स्वास्थ्य संस्थासम्म सुरक्षित रूपमा पुर्याउन महत्वपूर्ण भूमिका खेल्छ ।
यस वर्षको विश्व प्राथमिक उपचार दिवसको मुख्य विषय ‘प्रवासको अवस्थामा प्राथमिक उपचार’ रहेको छ । यसले आप्रवासी तथा विस्थापित मानिसलाई यात्राका क्रममा आवश्यक प्राथमिक उपचार र आपत्कालीन सहयोग सहज रूपमा उपलब्ध गराउनुपर्नेमा जोड दिएको छ ।
अचानक दुर्घटना वा स्वास्थ्य समस्या देखिएमा स्वास्थ्यकर्मी पुग्नुअघि वरपर रहेका व्यक्तिले दिएको प्राथमिक उपचारले जीवन जोगाउन महत्वपूर्ण भूमिका खेल्न सक्छ। त्यसैले प्राथमिक उपचारसम्बन्धी आधारभूत ज्ञान र सीप सबैमा विकास गर्नुपर्ने सन्देश यस दिवसले दिएको छ ।
विश्व प्राथमिक उपचार दिवस सन् २००० देखि हरेक वर्ष सेप्टेम्बरको दोस्रो शनिबार मनाउन थालिएको हो । आपत्कालीन अवस्थामा प्राथमिक उपचार गर्दा स्थान सुरक्षित गर्ने, घाइतेको अवस्था जाँच्ने, सहयोग माग्ने र आवश्यक प्राथमिक उपचार गर्ने चार आधारभूत चरणलाई मुख्य रूपमा अपनाउनुपर्छ ।
प्राथमिक उपचारले मानिसको जीवन जोगाउने भएकोले सवै उमेर समूह र पछाडि परेका सवै समुदायलाई प्राथमिक उपचार सीप लिन प्रेरित गर्न आजको दिनले सन्देश दिएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
सामुदायिक क्याम्पसको सङ्कट: रूपनगर क्याम्पसले उठाएका प्रश्न
प्रा. गजुरेलले निजी क्याम्पसले अनुचित अभ्यास (कमिसन/सेटिङ) गरेर विद्यार्थी तान्ने गरेको आरोप लगाएका छन्। यो गम्भीर आरोप हो, र यसको समाधान क्याम्पसका सञ्चालकको गुनासोले होइन, विश्वविद्यालय र आयोगको नियमन तथा प्रमाणित तथ्यले गर्नुपर्छ।