- गएराती भ्यालेन्सियाको घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले सुरुदेखि नै प्रभावशाली प्रदर्शन गर्दै सहज जित निकालेको थियो ।
काठमाण्डौ, २२ भाद्र । बार्सिलोनाले स्पेनिस ला लिगामा भ्यालेन्सियामाथि ५-० को शानदार जित हात पारेको छ । गएराती भ्यालेन्सियाको घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले सुरुदेखि नै प्रभावशाली प्रदर्शन गर्दै सहज जित निकालेको थियो ।
बार्सिलोनाका लागि लामिन यामालले दुई गोल गरेका थिए भने फर्मिन लोपेज, राफिन्हा र पेड्रीले समान एक–एक गोल गरेका थिए ।
यामालले छैटौँ मिनेटमै फर्मिनको पासमा उत्कृष्ट प्रहार गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । २२औँ मिनेटमा एन्थोनी गोर्डनको पासमा फर्मिनले गोल गर्दै टोलीको अग्रता २–० मा पुर्याएका थिए । दोस्रो हाफ सुरु भएको चार मिनेटमै राफिन्हाले गोल थपेका थिए । यामाल र फर्मिनको संयोजनमा बनेको अवसरलाई राफिन्हाले नजिकैबाट गोलमा परिणत गरेका थिए । यससँगै उनले जारी सिजनका सुरुआती चार खेलमा छ गोल गरेका छन् ।
राफिन्हाले लगातार उत्कृष्ट प्रदर्शन गर्दै लियोनल मेसीको एउटा दुर्लभ कीर्तिमानसँग बराबरी गरेका छन् । टोलीका लागि सिजनका सुरुआती चार ला लिगा खेलमै छ गोल गर्ने २१औँ शताब्दीका दोस्रो खेलाडी बनेका राफिन्हाले मेसीले यसअघि दुई पटक बनाएको उपलब्धि बराबरी गरेका थिए । खेल सकिन ११ मिनेट बाँकी रहँदा पेड्रीले गोल गर्दै बार्सिलोनाको अग्रता ४–० पुर्याएका थिए। त्यसको पाँच मिनेटपछि यामालले व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनालाई ५–० को फराकिलो जित दिलाएका थिए ।
यस जितसँगै बार्सिलोनाले ला लिगामा आफ्नो शतप्रतिशत जितको यात्रा कायम राखेको छ । रियल म्याड्रिड रियल बेटिससँग पराजित भएपछि बार्सिलोनाले शीर्ष स्थानमा तीन अंकको अग्रता समेत बनाएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
त्रिशूली ३ए मा उद्धारमा खटिएका प्राविधिकको गुनासो- आवश्यक उपकरण उपलब्ध भएन, नभएको कामको प्रचार भयो
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।