उपत्यकामा जुनसुकै कम्पनीको सिलिन्डरबाट ग्यास लिन सकिने

२४ भाद्र, २०८३, बुधवार
सारांश
  • उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले उपभोक्तालाई सहज रूपमा ग्यास उपलब्ध गराउन जुनसुकै कम्पनीको सिलिन्डरबाट ग्यास उपलब्ध गराउन निर्देशन दिएकी छन् ।

काठमाडौँ: बाढीका कारण आपूर्ति प्रणालीमा असर परेपछि काठमाडौँ उपत्यकामा खाना पकाउने ग्यासको आपूर्ति सहज बनाउन जुनसुकै कम्पनीको सिलिन्डरबाट ग्यास लिन सकिने भएको छ ।

 

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले उपभोक्तालाई सहज रूपमा ग्यास उपलब्ध गराउन जुनसुकै कम्पनीको सिलिन्डरबाट ग्यास उपलब्ध गराउन निर्देशन दिएकी छन् ।

 

मन्त्री यादवले उपत्यकामा आफूले प्रयोग गर्ने कम्पनीको सिलिन्डर उपलब्ध नभए अर्को कम्पनीको सिलिन्डरसँग उही मूल्यमा साटेर ग्यास उपलब्ध गराउने व्यवस्था मिलाउन निर्देशन दिएकी हुन् ।

 

यसबाट उपभोक्ताले आफ्नो कम्पनीको सिलिन्डर नपाएको अवस्थामा अन्य कम्पनीको सिलिन्डरबाट समेत ग्यास पाउनेछन् ।

 

मन्त्री यादवले व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन गर्न नेपाल आयल निगम र सम्बन्धित ग्यास उद्योगलाई निर्देशन दिएकी छन्। साथै, कृत्रिम अभाव सिर्जना गर्ने, उपभोक्तालाई दुःख दिने वा तोकिएको व्यवस्थाविपरीत काम गर्ने जोकोहीलाई प्रचलित कानुनअनुसार कारबाही गरिने चेतावनी दिएकी छन् ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

यस्तो छ आईफोनको दुई दशक लामो यात्रा

सन् २००४-०५ तिर एप्पलको कार्यालयमा एउटा अनौठो गतिविधि शुरु भएको थियो । कम्पनीका केही दक्ष इन्जिनियरहरू अचानक आफ्नो पुरानो कामबाट हट्न थाले । उनीहरूसँग काम गर्ने अन्य कर्मचारीलाई समेत उनीहरू कहाँ गए र के काम गरिरहेका छन् भन्ने थाहा थिएन ।

थप समाचार