उपत्यकामा जुनसुकै कम्पनीको सिलिन्डरबाट ग्यास लिन सकिने
२४ भाद्र, २०८३, बुधवार
- उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले उपभोक्तालाई सहज रूपमा ग्यास उपलब्ध गराउन जुनसुकै कम्पनीको सिलिन्डरबाट ग्यास उपलब्ध गराउन निर्देशन दिएकी छन् ।
काठमाडौँ: बाढीका कारण आपूर्ति प्रणालीमा असर परेपछि काठमाडौँ उपत्यकामा खाना पकाउने ग्यासको आपूर्ति सहज बनाउन जुनसुकै कम्पनीको सिलिन्डरबाट ग्यास लिन सकिने भएको छ ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले उपभोक्तालाई सहज रूपमा ग्यास उपलब्ध गराउन जुनसुकै कम्पनीको सिलिन्डरबाट ग्यास उपलब्ध गराउन निर्देशन दिएकी छन् ।
मन्त्री यादवले उपत्यकामा आफूले प्रयोग गर्ने कम्पनीको सिलिन्डर उपलब्ध नभए अर्को कम्पनीको सिलिन्डरसँग उही मूल्यमा साटेर ग्यास उपलब्ध गराउने व्यवस्था मिलाउन निर्देशन दिएकी हुन् ।
यसबाट उपभोक्ताले आफ्नो कम्पनीको सिलिन्डर नपाएको अवस्थामा अन्य कम्पनीको सिलिन्डरबाट समेत ग्यास पाउनेछन् ।
मन्त्री यादवले व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन गर्न नेपाल आयल निगम र सम्बन्धित ग्यास उद्योगलाई निर्देशन दिएकी छन्। साथै, कृत्रिम अभाव सिर्जना गर्ने, उपभोक्तालाई दुःख दिने वा तोकिएको व्यवस्थाविपरीत काम गर्ने जोकोहीलाई प्रचलित कानुनअनुसार कारबाही गरिने चेतावनी दिएकी छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
भिटामिन ए तथा जुकाको औषधि वितरण कात्तिक १७ र १८ गते सञ्चालन हुने
-
राष्ट्रिय जागरण अभियानमा सहभागी हुन नेपाली कम्युनिष्ट पार्टीको अपिल
-
इटलीमा महँगीविरुद्ध देशव्यापी प्रदर्शन, प्रमुख सहरमा हजारौँ सुरक्षाकर्मी परिचालन
-
जलवायु अनुकूलन कोषबाट नेपालका तीन परियोजना स्वीकृत
-
फिलिपिन्समा प्रशिक्षणका क्रममा दुई विमान ठोक्किँदा चार पाइलटको मृत्यु
धेरै पढिएको
विशेष
आस्था, इतिहास र संस्कृतिको संगम : हुति गाउँको अनौठो हरिणजात्रा !
हिमालको काख, महाकालीको तट र पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको धार्मिक आस्थाको जगमा उभिएको एउटा अद्भुत सांस्कृतिक परम्परा हरिण जात्रा सुदुरको परिचय हो।